Trend
साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||   लघुकथा प्रतिष्ठानको हीरक शृङ्खला सम्पन्न, पुरस्कार स्थापनाका लागि अभियान सञ्चालन  ||  
सोमबार , साउन २०, २०८२
कर्मा ब्यान्डको व्यवस्थापन अब अल्फा स्क्वायर कम्पनीको जिम्मेवारीमा – Sarangi News

पोखरा । हुक्का मेरो, छैन मैले तिम्रो, कहाँ होला घरबार, यानिमाया जस्ता बहुचर्चित गीतहरू प्रस्तुत गरिसकेको कर्मा ब्यान्डको व्यवस्थापकीय जिम्मेवारी अल्फा स्क्वायर कम्पनीले लिएको छ ।
आदि ग्रुपअन्तर्गत् गीतसङ्गीतको क्षेत्रमा क्रियाशील गायक गायिका तथा ब्यान्डहरूको जिम्मेवारी लिँदै आएको अल्फा स्क्वायरले कर्मा ब्यान्डको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ । यस अघि कन्दरा ब्यान्डको जिम्मेवारी लिई कन्दराको पुनरागमनको सिलसिलामा ‘बिचरा म’ गीत र पुस २७ गते पोखराको सबैभन्दा बृहत् कन्सर्ट आयोजना गरेको अल्फा स्क्वायरले कर्मा ब्यान्डको व्यवस्थापनको अभिभारा लिएको हो ।
कर्मा व्यान्डका गायक सुरेन्द्रमान सिंहले भने, ‘हामी यो सहकार्यलाई प्रगतिशील मान्छौँ किनकि गायक र वाद्यवादकको काम सिर्जना गर्नु हो र सम्वद्र्धनको काम व्यवस्थापन गर्ने टोलीले नै लिएको राम्रो हो । यसले कर्मा व्यान्डको दुईवटै पक्ष सिर्जना र व्यवस्थापनलाई टेवा पुग्नेछ । ’
आदि ग्रुपका अध्यक्ष तथा अल्फा स्क्वायरका प्रणेता आशिष पराजुलीले भने, ‘नेपाली परिप्रेक्ष्यमा कुनै गायक गायिका वा ब्यान्डको व्यवस्थापन नै गर्न एउटा छुट्टै टोली खडा गरिनु उति प्रचलित प्रयोग नभए पनि अन्तर्राष्ट्रिय परिवेशमा यो अत्यावश्यक मानिएको छ ।’ पराजुलीले थपे, हामीले हालै कन्दरा व्यान्डको व्यवस्थापन गरी म्युजिक भिडियो र कन्सर्ट नै ग¥यौँ जसले व्यवस्थापन गर्नुपर्ने अपरीहर्या तथ्यलाई उजागर गरिदिएको छ । अब कर्मा ब्यान्डको पनि जिम्मेवारी लिई हामी नयाँ एल्बम, नयाँ म्युजिक भिडियोहरू र कार्यक्रम प्रस्तुतिको व्यवस्थापनमा पनि दत्तचित्त भइ लाग्नेछौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP