Trend
थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||  
शनिबार , साउन २३, २०८३
गीलुको ‘सिलीदुङ’ माथि पोखरामा विमर्श (भिडियोसहित) – Sarangi News

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कवि गीलु रातोसको कविता सङ्ग्रह ‘सिलीदुङ’ माथि विमर्श गरेको छ ।

सोसाइटीले विशेष कार्यक्रमका रूपमा आयोजना गरेको कार्यक्रममा कृतिमाथि बोल्दै प्राज्ञ राजन मुकारुङले गीलुका कविता पहिचानको मात्र नभई किनरीकृत वर्गको आक्रोशको दस्तावेज भएको बताए । ‘जब १२४ मध्ये १२३ भाषालाई बेवास्ता गरेर राज्य संयन्त्रले कुनै एउटा भाषालाई मात्रै उच्च प्राथमिकतामा राख्छ, अनि गीलु रातोस जस्ता कविहरू जन्मिन्छन्’ नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्य (मातृभाषा) विभागका संयोजकसमेत रहेका मुकारुङले भने, ‘मातृभाषाको विकासका लागि सरकारले प्रदान गर्दै आएको बजेट पनि कटौती हुनुले फेरि पनि मातृभाषाको संरक्षणमा सरकार उदासीन छ भन्ने बुझ्नुपर्छ ।’ मुकारुङले गीलु रातोसले आफ्ना कवितामा उठाएका मुद्दा हरेक किनारीकृत वर्गले आत्मसात गर्नुपर्ने धारणा राखे ।

अर्की वक्ता गौरी तमुले राज्यले नै मातृभाषीलाई खस नेपाली भाषामै आफ्ना अभिव्यक्ति दिन बाध्य पारेको धारणाा राखिन् । गुरुङ साहित्यिक मञ्चकी संस्थापक अध्यक्षसमेत रहेकी तमुले आम मानिससमक्ष मातृभाषीको अभिव्यक्ति पु¥याउनका लागि पनि नेपाली भाषामै लेख्नुपर्ने अनुभव सुनाइन् । उनको गुरुङ र नेपाली भाषामा ‘समैँ दर्बानी’ नामक मुक्तक सङ्ग्रह प्रकाशन भएको छ ।

कार्यक्रमको सहजीकरण गरेका पत्रकार तथा साहित्यकार सुरेश रानाभाटले गीलुको कवितामा उठाइएको पहिचानको स्वरले आफूलाई आकर्षण गरेको बताएका थिए । कवि रातोसले आफूले जनयुद्धका क्रममा देखेका सपनाहरूको प्रतिविम्ब कवितामा उतारेको बताए । उनले आफ्ना दुई कविता वाचन गरेका थिए । थेबाला प्रकाशनले बजारमा ल्याएको कृतिमा उनका ४२ कविता सङ्गृहीत छन् ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा ध्रुव केसी, तेजबहादुर गुरुङ, सुजित साहलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपाल प्रकाश अधिकारीले गरेका थिए ।

सोही अवसरमा नियमित मासिक कार्यक्रमअन्तर्गत माघ महिनाको अन्तिम शनिवार २७ गते हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि सोसाइटीकी पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतको चर्चासहित आयोजना गरिएको जानकारी गराइएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै विषय वा पुस्तकमाथि परिचर्चा गर्दै आएको छ ।्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP