Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई – Sarangi News

पोखरा । रूपा-४, ठकुरीबस्ती, कास्कीमा क्रियाशील गोर्खाकालिका क्लबले आफ्नो १९ औँ वार्षिकोत्सवका अवसरमा बुधवार सम्पन्न साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रूपाकोट मुस्लिम समाज, रूपा-६ ले जितेको छ ।

मुस्लिम समाजले ठकुरी समाज, तनहुँलाई २५-२०, २५-१९ र २५ -२२ को सोझो सेटमा पराजित गर्दै ५० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता ठकुरी समाजले ३० हजार नगद प्राप्त गरेको थियो ।

माघ १४ देखि सञ्चालित प्रतियोगिताको उद्‍घाटन रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले गरेका थिए । उद्‍घाटन समारोहका प्रमुख अतिथि रहेका सुवेदीले एक मुठी सास रहुन्जेल जनताको साथमा रहने प्रतिबद्धता जनाए । वडा नम्बर ४ मा रहेको खानेपानी, बाटो तथा खेलमैदानको समस्या समाधानका लागि स्थानीय, प्रदेश वा सङ्घ सरकारबाट सहयोग जुटाउने प्रयासमा लाग्ने बताउँदै उनले मानिस कुराले नभई कामले नेता हुने बताए । उनले कामलाई प्राथमिकतामा राख्ने मानिसलाई साथ दिनसमेत जनतासँग आग्रह गरे ।

क्लबका अध्यक्ष होमबहादुर ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष मुकुन्द सेन वंशी, स्थानीय राजबहादुर शाहीलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव मदन मल्लले गरेका थिए ।

जम्मा १७ टिमको सहभागिता रहेको प्रतियोगितामा ठकुरी समाजका आशिष मिया उत्कृष्ट स्पाइकर र पराशर मल्ल ठकुरी उत्कृष्ट सेटर,  मुस्लिम समाजका मन्जुर मिया उत्कृष्ट ब्लकर, भुपाल गुरुङ उत्कृष्ट लिब्रो, बिजन गुरुङ उत्कृष्ट सर्भर र मन्सुर मिया उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको सहआयोजकमा दर्शन आमा समूह, शिखर सामुदायिक वन उपभोक्ता समूह, कालिनाग खानेपानी उपभोक्ता समिति रहेका थिए भने उत्कृष्ट विधाहरूमा रोजिना ठकुरी, कृसन ठकुरी, मिलन सेन, सुरेन श्रेष्ठ, आश्विन ठकुरी र सविन श्रेष्ठले पुरस्कार प्रायोजन गरेका थिए ।

भूतपूर्व खेलाडी, समाजसेवी तथा सहयोगीलाई सम्मान गरिएको सो अवसरमा सम्पन्न घैटो फोर प्रतियोगितामा आशिक शाही र छेलो हान्ने खेलमा मन्जुर रहमान मिया विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP