Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
वडा अध्यक्ष सुवेदीले बाँडे विद्यार्थीलाई पोसाक – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका–७, हंसपुरस्थित इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई सोही गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले आइतवार विद्यालय पोसाक वितरण गरेका छन् ।
आफू जनप्रतिनिधि चुनिएपछि प्राप्त सेवा सुविधाको रकम समाजसेवामा खर्च गर्ने क्रममा उनले पोसाक वितरण गरेका हुन् । आफू भुईँ तहबाट सङ्घर्ष गर्दै अघि बढेको स्मरण गर्दै वडा अध्यक्ष सुवेदीले कुनै पनि बालबालिकाले कुनै पनि अभावका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्नेमा आफू सचेत रहेको बताए । “आमाले अदुवा, अमिलो, पिँडालु बेचेर हुर्काउनुभयो, बुबाले सिकर्मी काम गरेर घरव्यवहार धान्नुभयो” सुवेदीले भने, “अभावको पीडा मलाई राम्रोसँग थाहा छ त्यसैले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्न म सधैँ तत्पर रहन्छु ।” आफू जनप्रतिनिधि भएपश्चात् प्राप्त सेवा सुविधाको रकम जनसेवामा खर्च गर्दै आएको जानकारी दिँदै उनले आमा समूह, युवा प्रोत्साहन, कृषि प्रवर्धन, विद्यार्थी प्रोत्साहन तथा बिरामीहरूको उपचारका लागि सहयोग गरेको बताए । यो एक प्रकारको आन्दोलन भएको बताउँदै उनले जनप्रतिनिधि रहँदासम्म यो क्रम निरन्तर रहने भनाइ राखे । यसअघि उनले विश्वशान्ति मावि र चण्डी आविका विद्यार्थीलाई पोसाक वितरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका युवा नेता तथा खेलकुद महासङ्घका केन्द्रीय सचिव विष्णु पुनले रूपामा राजन जस्ता जनप्रतिनिधि सबै वडामा हुने हो भने रूपा साँच्चिकै रूपवान् बन्ने धारणा राखे । राजन सुवेदीको सेवा सुविधाको रकमबाट रूपा गाउँपालिकाभित्र धेरै क्षेत्रमा काम भएको हुँदा राजन रूपामा मात्रै नभएर जिल्लामै असल जनप्रतिनिधिका रूपमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै पुनले अबको अभियान राजन जस्ता जनप्रतिनिधि जन्माउने काममा केन्द्रित हुनुपर्ने बताए ।
स्वागत मन्तव्य राख्दै विद्यालयका शिक्षक तथा निवर्तमान प्रअ राजेन्द्रराज भट्टराईले रूपा– २ का वडा अध्यक्ष राजन सुवेदी रूपाको मात्र नभई देशकै अमूल्य निधि भएको विचार राखे । युवा समाजसेवी विश्व न्यौपानेले अब कामका आधारमा जनप्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमिला श्रेष्ठको अध्यक्षयतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रअ रामशरण न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP