सारङ्गीका कलासाहित्य संयोजक घिमिरेलाई मातृशोक – Sarangi News

पोखरा । साहित्यकार तथा सारङ्गी न्युजका कलासाहित्य संयोजक रमेशचन्द्र घिमिरेलाई मातृशोक परेको छ ।

उनका भाइ नवीनचन्द्र घिमिरे पनि साहित्यकार हुन् । लमजुङको मध्यनेपाल-६, भोर्लेटारमा रही साहित्य सिर्जना गर्दै आएका साहित्यकारद्वयकी आमा भीष्मकुमारी घिमिरेको ७९ को उमेरमा फागुन १० गते साँझ ६ : ४५ मा पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रमेशचन्द्र नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका सचिव  उनी मुक्तक मञ्च, लमजुङका अध्यक्षसमेत हुन् । गीत, कविता, मुक्तक, लघुकथा, गजलसँगै विशेष गरी बालसाहित्यमा कलम चलाउने रमेशका घुमाउने घर, सानी पुतलीलगायतका कृति प्रकाशित छन् । उनी ईशानेश्वर बहुमुखी क्याम्पसका प्रमुखका रूपमा कार्यरत छन् । नवीनचन्द्र नेपाली लेखक सङ्घका पूर्व केन्द्रीय सचिव हुन् । नवीनका यात्रासंस्मरण र गीतसङ्ग्रह प्रकाशित छन् ।

 स्वर्गीय घिमिरेका रमेश, नवीन र सुरेशचन्द्र गरी ३ छोरा तथा सुशीला र सरिता गरी २ छोरी छन् ।

सारङ्गी न्युज परिवार स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

 ‘युके बस्ने दाइ’ लिएर आइन् गायिका शान्ति (भिडियो)

२३ औँ कायापलट रनिङ सिल्डको उपाधि आयोजकलाई


TOP