Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
आइतबार , भाद्र २८, २०८३
ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न। – Sarangi News

लमजुङ। ईप्रका भोर्लेटारले मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेको सामुदायिक प्रहरी कार्यलयमा प्रहरिसंग साझेदारि कार्यक्रममा आज भुतपुर्व सेना तथा प्रहरिलाई निशुल्क स्वास्थ्य चेक जाँच सहित सम्पन्न गरेको छ।

मध्यनेपाल नगरपालिका वडा नं ४ को वडा अध्यक्ष राम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुईपिप्ले स्थित रिस्तीमादी अस्पतालको सहकार्यमा भएको कार्यक्रममा ५० जनाको हाराहारिमा स्वस्थ्य चेकजाँच गरिएको थियो।

नेपाल प्रहरी पुर्व संगठन लमजुङको बरिष्ठ उपाध्यक्ष एवम भुतपुर्व प्रहरी निरिक्षक सुक बहादुर बिक, सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष केशव राज वाग्ले, भुपु सैनिक संघ लमजुङको उपाध्यक्ष प्रेम जङ्ग गुरुङ, कर्नेल भिम बहादुर केटेल, वडा नं २ का वडा अध्यक्ष पदम बहादुर थापा लगायत वडा सदस्यहरु भुतपुर्व सैनिक तथा प्रहरिहरुको विशेष आतिथ्यमा औपचारिक कार्यक्रम भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले प्रहरिको यस्ता खाले साझेदारी कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताउदै आगमी दिनहरुमा पनि यस्ता अन्य कार्यक्रमहरु गर्नुहुन आग्रह गर्दै हामिले हाम्रो वडा देखि गर्न पर्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो। साथै वडा नं २ का वडा अध्यक्ष पदम बहादुर थापाले हामी सबै भुतपुर्व सेना तथा प्रहरी अवकाश पश्चात समाजको एक जिम्मेवार नागरिक भएको बताउदै समाज निर्माणमा हाम्रो अहम भुमिका रहेको बताउनु भएको थियो भने विशेष अतिथी तथा कार्यक्रमका अध्यक्ष पुर्व प्रहरी निरिक्षक सुक बहादुर बिकले प्रहरी एक साथीको अभियानले समाजलाई प्रहरी समक्ष सामिप्यता बढाएको बताएका थिए। साथै ईप्रका भोर्लेटारले समाज र ब्यक्तिसङ नजिक रहदै धेरै प्रकारका प्रहरीसंग साझेदारी कार्यक्रम गरेका छन यसले समाजमा हुने गरेका राम्रा नराम्रा सबै पक्षलाई समेटेको पाईएको बताएको थियो र आगामी दिनहरुमा थप कार्यक्रम गर्न अनुरोध गर्दै आजको यस स्वस्थ्य चेकजाँचमा सहयोग गर्नुहुने रिस्ती मादी अस्पताल दुईपिप्लेलाई विशेष धन्यबाद दिदै ईप्रका भोर्लेटारलाई समेत अन्य कार्यक्रम गर्न गराउन थप उत्साहित प्रोत्साहित गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

उक्त औपचारिक कार्यक्रमको संचालन ईप्रका भोर्लेटारका प्रमुख ईन्पेक्टर राजाराम खडकाले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 58 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP