Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
५८ औँ लघुकथा वाचन – Sarangi News

पोखरा । लघुकथा प्रतिष्ठान, पोखराको नियमित लघुकथा वाचनको ५८ औँ शृङ्खला शनिवार सम्पन्न भएको छ ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले लघुकथा सूत्रात्मक संरचना भएको आख्यानात्मक विधा भएको बताए । ‘कतिपय कथाकारहरू मैले यति नभने पाठकले बुझ्दैनन् भन्ने भ्रम राख्छन्’ उनले भने, ‘चरित्र, परिवेश आदि चित्रण गर्नु लघुकथाको विशेषता होइन ।’ नेपाली लघुकथामा पहिलो पटक विद्यावारिधि गरेका भट्टले लेखक र समालोचकबिच स्वस्थ अन्तरक्रिया हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अल्पविराम पोखरेली, दीपक समीप, शिवु ढकाल, शोभा लामिछाने, ढाकामोहन बराल, गीता तिवारी, विष्णु बास्तोला, किसन पौडेल, श्याम श्रेष्ठलगायतले आफ्ना लघुकथा वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य रुपिन्द्र प्रभावीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP