गजल सन्ध्यामा पूर्व अध्यक्षहरूको ‘कमब्याक’, अध्यक्षमा मन क्षेत्री – Sarangi News

पोखरा । गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री सर्वसम्मत चयन भएका छन् । उनी सन्ध्याका पूर्व अध्यक्षसमेत हुन् ।

शनिवार पोखरामा सम्पन्न १८ औँ साधारणसभा तथा १३ औँ अधिवेशनबाट क्षेत्रीको अध्यक्षतामा गठित कार्यसमितिका उपाध्यक्षमा पूर्व अध्यक्ष कपिल शर्मा र सचिवमा पूर्व अध्यक्ष उदिपराज ढुङ्गाना सर्वसम्मत चयन भएका छन् । समितिका कोषाध्यक्षमा विष्णु सुवेदी, सहसचिवमा सावित्री गिरी तथा सदस्यहरूमा लक्ष्मण तिमिल्सिना, माधव खतिवडा, सागर अधिकारी, शोभा लामिछाने र करणकपुर खनाल छन् ।

पूर्वअध्यक्ष रुपिन्द्र प्रभावी संयोजक, संस्थापक अध्यक्ष दिलिप दोषी र मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य सदस्य रहेको निर्वाचन समितिले सर्वसम्म कार्यसमितिको घोषणा गर्दै सपथ गराएको थियो ।

नवनिर्वाचित अध्यक्ष क्षेत्रीले सन्ध्याको गरिमा र उचाइलाई कायम राख्दै सबैलाई समेट्दै जाने बताए । ‘पोखरेली साहित्यमा गजल सन्ध्याको अहम् भूमिका छ । म फेरि गजलको त्यही राजमार्गमा आइपुगेको छु, जहाँ म हिजो पनि हिँडेको थिएँ र अहिले पनि हिँडिरहेकै छु,’ मनले भने, ‘अग्रज, समकालीन र नयाँ पुस्तालाई जोड्दै सन्ध्यालाई अगाडि बढाउँदै जान सहयात्रा गर्ने छौं ।’

यसअघि वसन्त विनोद सन्ध्याका अध्यक्ष थिए । अधिवेशनको उद्घाटन सत्रमा पूर्वअध्यक्ष दीपक समीपले गजल सन्ध्याको कार्यक्रमप्रति साहित्यप्रेमीहरूको अत्यधिक आकर्षण रहेको समयको स्मरण गरे । ‘मैनबत्ति बालेर गजल वाचनका कार्यक्रम हुन्थे, वाचन गर्न प्रतिस्पर्धा चल्थ्यो’ उनले भने, ‘गजल सन्ध्याको गतिविधिले अन्य संस्था पनि छायामा थिए ।’

संस्थापक अध्यक्ष दिलिप दोषीले लडेर, जुधेर त्यो बेला सन्ध्या स्थापना गरेको इतिहास स्मरण गर्दै स्थापनाकालीन गजलकारहरूलाई समेटेर अघि बढ्न सुझाव दिए ।

पूर्व अध्यक्ष अमृत सुवेदीले हिजो खल्तीबाट पैसा हालेर कार्यक्रम चलाउनुपर्ने, पुरस्कार बाँड्नुपर्ने परिस्थितिको अन्त्य गर्दै कोष स्थापना गरिएको तर अब फेरि सन्ध्यालाई व्यवस्थित ढङ्गले चलाउनुपर्ने चुनौती थपिएको बताए । वसन्त विनोदको अध्यक्षतामा भएको बन्दसत्रमा सचिव त्रुपकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष महेश बस्ताकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शनिबार नै सन्ध्याको २ सय ४८ औँ नियमित गजल वाचनसमेत भएको थियो । सन्ध्याले हरेक महिनाको दोस्रो शनिवार गजल वाचन र तेस्रो शनिवार अक्षरयात्रा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP