आमा समूहहरूबिच हाजिरीजबाफ – Sarangi News

पोखरा । रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले चेतनामूलक समाज निर्माण गर्न सचेत नागरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

‘चेतनामूलक समाज निर्माणका लागि अध्यनन संस्कृतिको विकास गरौँ’ भन्ने मूल उद्‍घोषका साथ रामलक्ष्मी सामुदायिक परोपकार पुस्तकालय, रूपा ५, फेदीले आयोजना गरेको स्व. श्यामलाल श्रेष्ठ स्मृति अन्तर आमा समूह हाजिरी जबाफ प्रतियोगिताको प्रमुख अतिथिका रूपमा बोल्दै सुवेदीले सो कुरा बताएका हुन् । ‘सुसंस्कृत र सभ्य समाज निर्माण गर्नु आजको समाजमा ठुलो चुनौती छ’ युवा नेता सुवेदीले भने, ‘राज्यले नै यसका लागि विशेष पहल गर्नुपर्दछ ।’ फरक प्रसङ्गमा उनले रूपा ५ का सयलदेखि डोटेलकुना फेदीसम्मका जनताका अपेक्षा र मर्का आफूले बुझेको भन्दै जनताको विकासका लागि सधैँ लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गण्डकी प्रदेशका विभिन्न मन्त्रालयसँग अनुरोध गरेर स्थानीय विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

हाजिरी जबाफ प्रतियोगितामा कालिका एकता आमा समूह प्रथम, दोभान आमा समूह द्वितीय, फेदी नेवाः खल मिसा पुचः तृतीय र प्रगतिशील ब्राह्मण समाजले सान्त्वना स्थान हासिल गरेका थिए ।

विजेता समूहलाई टोल विकास संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ र प्रमुख अतिथि राजन सुवेदीले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा उल्लेखनीय योगदान गरेको भन्दै रूपाका उदीयमान युवा नेता एवम् स्व. श्यामलाल श्रेष्ठका नाति सुजन श्रेष्ठलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष गोपीलाल जोशीको अध्यक्षयतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रगतिशील घिमिरेले गरेका थिए । कार्यक्रमको सञ्चालन सम्झना जोशीले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP