Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
आमा समूहहरूबिच हाजिरीजबाफ – Sarangi News

पोखरा । रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले चेतनामूलक समाज निर्माण गर्न सचेत नागरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

‘चेतनामूलक समाज निर्माणका लागि अध्यनन संस्कृतिको विकास गरौँ’ भन्ने मूल उद्‍घोषका साथ रामलक्ष्मी सामुदायिक परोपकार पुस्तकालय, रूपा ५, फेदीले आयोजना गरेको स्व. श्यामलाल श्रेष्ठ स्मृति अन्तर आमा समूह हाजिरी जबाफ प्रतियोगिताको प्रमुख अतिथिका रूपमा बोल्दै सुवेदीले सो कुरा बताएका हुन् । ‘सुसंस्कृत र सभ्य समाज निर्माण गर्नु आजको समाजमा ठुलो चुनौती छ’ युवा नेता सुवेदीले भने, ‘राज्यले नै यसका लागि विशेष पहल गर्नुपर्दछ ।’ फरक प्रसङ्गमा उनले रूपा ५ का सयलदेखि डोटेलकुना फेदीसम्मका जनताका अपेक्षा र मर्का आफूले बुझेको भन्दै जनताको विकासका लागि सधैँ लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गण्डकी प्रदेशका विभिन्न मन्त्रालयसँग अनुरोध गरेर स्थानीय विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

हाजिरी जबाफ प्रतियोगितामा कालिका एकता आमा समूह प्रथम, दोभान आमा समूह द्वितीय, फेदी नेवाः खल मिसा पुचः तृतीय र प्रगतिशील ब्राह्मण समाजले सान्त्वना स्थान हासिल गरेका थिए ।

विजेता समूहलाई टोल विकास संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ र प्रमुख अतिथि राजन सुवेदीले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा उल्लेखनीय योगदान गरेको भन्दै रूपाका उदीयमान युवा नेता एवम् स्व. श्यामलाल श्रेष्ठका नाति सुजन श्रेष्ठलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष गोपीलाल जोशीको अध्यक्षयतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रगतिशील घिमिरेले गरेका थिए । कार्यक्रमको सञ्चालन सम्झना जोशीले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP