Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
परिश्रमी प्रतिभा पुरस्कार स्याङ्जाकी गायत्री लम्साललाई – Sarangi News

पोखरा । विशेषत: नेपाली हास्यव्यङ्ग्य साहित्यमा योगदान दिने साधकलाई प्रेरित गर्ने उद्देश्यले स्थापित परिश्रमी प्रतिभा पुरस्कारबाट स्याङ्जाकी गायत्री लम्साल सम्मानित हुन भएकी छन् ।

चिन्नेवास २, स्याङ्जानिवासी लम्साल नेपाली हास्यव्यङ्ग्य विधामा पाँचओटा कृति प्रकाशन गरिसकेकी छन् । गायत्रीको एक कविता सङ्ग्रह पनि प्रकाशित छ।

साहित्य शृङ्खला, पोखराका सल्लाहकार  तथा प्रगतिशील साहित्यकार नारायण परिश्रमीद्वारा स्थापित उक्त पुरस्कार साहित्य शृङ्खला पोखराको व्यवस्थापनमा आगामी चैत ३ गते प्रदान गरिने प्रतिभा छनोट समितिका संयोजक तारा तिमिल्सिनाले दिए । पुरस्कार राशी नगद रु. १० हजार र साथमा सम्मानपत्र पनि प्रदान गरिने छ ।

उक्त कार्यक्रममा संस्थाका सल्लाहाकार  साथै शृङ्खला स्थापना कालदेखि सहयोगी भूमिका निर्वाह गर्दै आएका तथा साहित्य शृङ्खला पोखराले प्रकाशन गर्दै आएको आलोक शृङ्खलाको प्रकाशनमा आफ्नो अमूल्य योगदान दिएका प्रगतिवादी लेखक एवम् दर्शन विधाका अग्रणी व्यक्तित्व रामराज रेग्मीलाई पनि साहित्य शृङ्खला पोखराले सम्मान प्रदान गर्ने अध्यक्ष लक्ष्मी थापाले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP