Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी – Sarangi News

के आर ढकाल
पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपा गाउँपालिकाको पाँचौं गाउँ परिषद् तथा तेस्रो अधिवेशन जयराम सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
नयाँ कार्यसमितिको खुला उपाध्यक्षमा प्रकाश सुवेदी, महिला उपाध्यक्षमा सङ्गीता आचार्य र सचिवमा सुनिल सुवेदी निर्वाचित भए । यसै गरी कोषाध्यक्षमा केदार रेग्मी, सहसचिवमा तारा पौडेल, सह कोषाध्यक्षमा सुस्मा सिग्देल न्यौपाने निर्वाचित भएका छन् । अधिवेशनले कार्यसमिति सदस्यहरू र जिल्ला अधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक तीर्थराज ढकालले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन समारोहमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेलले शिक्षकलाई राज्यले सम्मानपूर्ण व्यवहार गर्नुपर्ने र शिक्षकले आफ्नो कर्तव्यपालनामा कठिवद्ध भएर लाग्नुपर्ने बताए । उनले अगाडि भने, “राज्यले शिक्षा र शिक्षकलाई केन्द्रमा राख्नुपर्यो, शिक्षकले विद्यार्थीलाई केन्द्रमा राखेर कर्तव्य पालना गर्न तयार छौँ । हामी डराएर होइन, जिम्मेवार बनेर राज्यसँग सहकार्य गर्न हात फैलाएका छौँ, यसलाई राज्यले कमजोरी नसोच्दा नै शिक्षाको विकास हुन्छ ।”
विशेष अतिथि पेसागत महासंघ नेपाल, कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले शिक्षकहरु अपडेट हुन नसक्दा आउटडेट हुनसक्ने अवस्था समेत आउन सक्ने भएकाले शिक्षकहरु हरेक पल सिक्न पनि जागरुक हुनुपर्ने बताए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकीका सदस्य उमनाथ गौतम, कास्कीका उपाध्यक्ष बसन्धरा पौडेल, हर्कबहादुर लामिछाने, सचिव तीर्थराज ढकाल, सचिवालय सदस्य दामोदर तिमिल्सिना, नेकपा एमाले रुपा गाउँपालिका अध्यक्ष निलकण्ठ रेग्मीसमेतले भनाइ राखेका थिए ।
सोही कार्यक्रममा गतवर्ष शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ती लिई रुपा गाउँपालिकामा पदस्थापन भएका शिक्षकहरु, पालिका भित्रका नवनियुक्त प्रधानाध्यापकहरु एवम् लामो समय शिक्षा सेवा गर्दै भर्खरै सेवा निवृत्त शिक्षकहरु साथै संगठनका नवनिर्वाचित गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेल सहित कोषाध्यक्ष बोधराज पौडेल र सदस्य उमनाथ गौतमलाई सम्मान गरिएको थियो ।
परिषद् भेलाले अध्यक्षको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, अन्नपूर्ण गाउँपालिका सचिव जयराम सुवेदीको सञ्चालन र अध्यक्ष चुमान सिं गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP