जिल्ला स्तरिय तेकवान्दो प्रतिष्पर्धा हिमाली बोर्डिङमा सम्पन्न। – Sarangi News

लमजुङ। मध्य नेपाल नगरपालिका भोर्लेटारको हिमाली आवासिय माध्यमिक बिद्यालयमा जिल्ला स्तरिय तेकवान्दो प्रतिष्पर्धा हिजो शनिवार सम्पन्न भएको छ। शुक्रबार शुरु भएको तेकवान्दोमा गण्डकी प्रदेश तेकवान्दो संघको अध्यक्ष जगन बहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको थियो।

लमजुङ जिल्ला भरका छात्र तथा छात्रा गरी १५० जना तेकवान्दो खेलाडिहरु उपस्थिती रहेको थियो। छात्र तर्फ तौल अन्डर २५ केजी, अन्डर २९ केही, अन्डर ३३ केजी, अन्डर ३७ केजी, अन्डर ४१ केजी, अन्डर ४५ केजी, अन्डर ४९ केजी, अन्डर ५३ केजी, अन्डर ५९ केजी र अन्डर ६६ केजी त्यस्तै छात्रा तर्फ अन्डर २९ केही, अन्डर ३३ केजी, अन्डर ३७ केजी, अन्डर ४१ केजी, अन्डर ४५ केजी, अन्डर ४९ केजी, अन्डर ५३ केजी, अन्डर ५७ केजी र अन्डर ६६ केजिका खेलहरु खेलाईएको हिमाली तेकवान्दो डोजाङ प्रमुख सुरज घलेले बताए। जस मध्य छात्र तर्फ उत्कृष्ट खेलाडी हेमन गुरुङ अन्डर २५ ले प्राप्त गर्न सफल बने भने छात्रा तर्फ न्युनिशा लामा अन्डर ४९ ले प्राप्त गर्न सफल भएका थिए।

उक्त प्रतिष्पर्धामा हिमाली तेवान्दो स्कुलले नै ट्रफी हात पार्न सफल भएको थियो। जसमा गोल्ड मेडल ११, सिल्भर मेडल १४ वटा र ब्रन्ज मेडल २५ वटा गरी प्रथम हुन सफल भएका थिए।

राष्ट्रिय खेलकुद परिषदका उपनिर्देशक बलराम लामा र कास्की जिल्ला तेकवान्दो संघको अध्यक्ष कुमार गुरुङ लगयात गण्डकी प्रदेशका अन्य १० जना रेफ्रीहरुको सहभागितामा तेकवान्दो प्रतिष्पर्धा कार्यक्रम भएको थियो। जस मध्य रेफ्री प्रतिक्षा सुवेदीले उत्कृष्ट रेफ्री बन्न सफल भएका थिए।

हिमाली बोर्डिङ स्कुल भोर्लेटरको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापनाका अध्यक्ष गोविन्द सोतिले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो। अध्यक्ष गोविन्द सोतिले दिप प्रज्वलन गरेर शुरु भएको औपचारिक कार्यक्रममा यस्ता खाले कार्यक्रमा हिमाली आवासिय बिद्यालयले मात्र होइन अन्य बिद्यालयले पनि प्राथमिकताका साथ बिद्यालयमा गरिनु पर्ने जिकिर गर्नु भएको थियो।

साथै प्रमुख अतिथी गुरुङले प्रतिष्पर्धी विद्यार्थीहरु संग समुहगत भलाकुसारी गर्दै तेकवान्दोको बारेमा बताएका थिए भने स्वास्थ्य रहन साथै आफ्नो स्वयम प्रती रक्षाको लागि अती नै महत्वपुर्ण रहेको यो खेल उत्साह र उमनगको साथमा खेल्न बताउदै अभिभावकहरुलाई प्रोत्साहान दिदै अन्य आ आफ्न घर वरपरका ईष्मित्रहरुलाई सुझाउन अनुरोध गर्नु भएको थियो।

त्यस्तै गरी राष्ट्रिय खेलकुद परिषदका उपनिर्देशक बलराम लामाले तेकवान्दो प्रतिष्पर्धा नवलपुर पछी लमजुङमा यसरी हुँदा खुशी लागेको बताउदै प्रदेशको ११ वटै जिल्लामा सन्चालन गर्ने भावी योजना रहेको समेत बताए साथै बिजेता तेक्वान्दो खेलाडिहरुलाई बधाई दिदै ब्ल्याक बेल्ट बन्न सबैलाई शुभकामना दिदै समापन कार्यक्रममा बोल्नु भएको थियो। साथै हिमाली बोर्डिङका प्रबन्धक तथा यस तेकवान्दो खेलका संयोजक रमिला गुरुङलाई समेत बिशेष धन्यवाद सहित आगामी दिनका कार्यक्रमहरुको लागि शुभकामना दिनु भएको थियो।

बिजेता प्रतिष्पर्धिहरुलाई प्रबन्धक रमिला गुरुङ, बिद्यालय ब्यवस्थापन समितिका सदस्य रितु गुरुङ र शिक्षिका शकुन्तला गौतम ले अबिर मेडल र प्रमाण पत्र सहित बधाई तथा शुभकामना दिनु भएको थियो। भने अन्त्यमा प्रबन्धक गुरुङले कार्यक्रमा सोचेको भन्दा सरल र सहज तरिकाले कुनै पनि समस्या नभैकन सम्पन्न भएकोमा खुशी ब्यक्त गर्नु भएको थियो र यो सबै श्रेय हिमाली तेकवान्दो डोजाङ प्रमुख सुरज घलेलाई जाने जिकिर गर्दै गण्डकी प्रदेशका रेफ्री लगायत अतिथिहरुलाई बिशेष ध्यन्यवाद दिदै थप स्तरिय कार्यक्रम गर्ने प्रतिवद्दताको साथ कार्यक्रमको समापन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP