शनिबार , साउन १२, २०८१
विनामारेका दलित महिलालाई सशक्तीकण तथा बोल्ने कला तालिम – Sarangi News

विनामारे । महिलाहरुमा बोल्नेकलाको माध्यमबाट सशक्तीकरण गर्ने उद्देश्यले दुई दिवसीय तालिम आज देखि विनामारेमा सुरुभएको छ ।जैमिनी नगरपालिको आयोजनामा विनामारेका अगुवा दलित महिलाहरुलाई सशक्तीकण तथा बोल्ने कला तालिम दिईएको हो ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष ठगबहादुर क्षेत्री थापाले महिला सशक्तीकरणमा बोल्ने कला निकै महत्पूर्ण हुने भएकाले तालिमको आयोजना गरिएको बताउनुभयो ।
हरेक महिलाहरुले आफ्नो समस्याहरुलाई सम्बन्धीत ठाउँमा उपयुक्त तरिकाले निर्धक्क भएर राख्न सक्ने हुनुपर्छ । अध्यक्ष थापाले भन्नुभयो बोल्ने कला नै मानिसको जीउने कला भएकाले जीवनलाई सरल बनाउन यो तालिमले महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।


तालिमको पहिलो दिन प्रमुख प्रशिक्षक तथा पत्रकार प्रकाश अधिकारीले सामाजिक भय, समाजिक भय हटाउने विधि र तरिका तथा उत्प्रेरणमूलक बोल्ने कलाबारे सहजिक करण गर्नुभएको थियो । तालिमका वडाभरिका अगुवा तीन दर्जन दलित महिलाहरु, जनप्रतिनिधी, सामाजिक शैक्षिक व्यतिmहरुको सहभागिता रहेको छ ।
वडा अध्यक्ष ठग बहादुर क्षेत्री थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन् सत्रमा जनप्रनिधि विष्ण शर्माको स्वागत मन्तव्य र वडा सचिव रुद्र बहादुर विकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । भोली , बजेट तर्जुमाजका आधार र विधिहरु, जात व्यवस्था उत्पत्ती र कानुन, जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन तथा व्यतिmगत घटना दर्ता, महत्व र प्रक्रियाका बारे सहजिकरण हुने वडा सचिव रुद्र विकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP