Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
वरिष्ठ आख्यानकार ‘सरित्’ को  लघुकथा सङ्ग्रह ‘एक मुठी घाम’ को विमोचन – Sarangi News
पोखरा । आज संघीय राजधानीस्थित पुतली सडकको सहारा क्याफेमा भएको भब्य कायॅक्रममा वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित् को लघुकथासङ्ग्रह ” एकमुठी घाम” को प्रतिनिधिसभाका सांसद एवम् पूवॅमन्त्री तथा कायॅक्रमका प्रमुख अतिथि  रघुजी पन्तले विमोचन गनुॅ भयो ।

विमोचनपश्चात कायॅक्रममलाई सम्बोधनगदैॅ पन्तले साहित्यकार सरित् का रचनाहरु फुटकर रुपमै भए पनि आफूले प्रसस्त अध्ययन गदैॅ आएको र आज विमोचित कृतिमा युग चेतना र समय चेतना प्रवल रुपमा रहेको बताउँदै आगामी दिनमा  स्रष्टाबाट अझ उत्कृष्ट कृति नेपाली साहित्यले पाउने विश्वास पनि ब्यक्त गनुॅ भयो ।

साहित्यकार दील पौडेलको सभापतित्वमा भएको उक्त विमोचन एवम् विमशॅ कायॅक्रममा मन्तब्य ब्यक्त गनेॅहरुमा प्राडा  गोपीन्द्र पौडेल, डा शैलजा पोखरेल, डा. रमेश शुभेच्छु, कथाकार नारायण तिवारी र  डा. पुष्करराज भट्ट रहेका थिए । आफ्नो मन्तब्यको क्रममा प्राडा पौडेलले विमोचित कृतिका स्रष्टा सरित् बहुमुखी प्रतिभाका धनी स्रष्टा भएको र उनी विशेषत नेपाली साहित्यमा आख्यान लेखनमा अग्रणी रहेको र अब लघुकथा लेखनमा पनि उनको आगमन हुनु सुखद् रहेको कुरा बताए । अन्य वक्ताहरुले पनि सरित् को करीब पाँच दशक लामो साहित्य साधनाको बारेमा प्रकाशपादैॅ विमोचित कृतिले वतॅमान भ्रष्ट राजनीतिलाई उधिनेको कुरा उल्लेख गरेका थिए  ।
विमोचित कृति ” एक मुठी घाम ” लघुकथाका   स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् स्वयम्ले पनि आफ्नो साहित्यीक यात्रा र उक्त कृति तयार पादाॅको आफ्नो अनुभव साझा गरेका थिए

कायॅक्रमका आयोजक सुभाना भिडिया प्रालिका प्रवन्ध निदेॅशक एवम् पत्रकार  शिव विक मिलनले स्वागत मन्तब्य राखेका थिएभने साहित्यकार अच्युत,घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् को बहुआयामिक ब्यक्तित्वको बारेमा प्रकाशपादैॅ प्राज्ञ चेतनाथ धमलाले अत्यन्त रोचक ढङ्गले कायॅक्रमको सञ्चालन गरेका थिए ।

कायॅक्रममा विशिष्ट स्रष्टाहरु डा छायादत्त नेउपाने, डा अपणाॅ पोखरेल, त्रिभुवनचन्द्र वाग्ले, दीपक लोहनी, बोधराज पौडेल, श्रीराम राई, राजन नेउपाने, वसन्तराज अज्ञात, संगीता पनेरु आदिको उपस्थिति रहेको थियो  ।

कायॅक्रममा सुभाना मिडिया प्रालिको तफॅबाट साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित् लाई “सुभाना आख्यान सम्मान – 2081” बाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP