लमजुङमा मध्यराती पहिरो : एकै परिवारका ४ जना बेपत्ता – Sarangi News

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुममा मंगलबार  राती पहिरोले घर बगाउँदै एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।

गएराती १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाएको र २ घरका ४ जना बेपत्ता भएको वडा सदस्य बिनबहादुर घलेले बताउनुभयो । पहिरोमा परेर अन्दाजी ६९ वर्षिय रुद्रमान गुरुङ, अर्को घरमा बस्ने उहाँका बुहारी अन्दाजी ३७ वर्षिया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरु अन्दाजी ७ वर्षिया इच्छा र अन्दाजी ५ वर्षिया नम्रता बेपत्ता भएको उहाँले बताउनुभयो ।

पहिरोले क्व्होलासोथा गाउँपालिका योजना प्रमुख चित्र घलेको घर बगाएको र घरमा रहेका अन्दाजी ३६ वर्षिया भाइ भीमबहादुर घले घाइते भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार भीमबहादुर खोपीतिर सुतेका कारण बाँच्न सफल भएका हुन् । रुद्रमानका श्रीमती लिलाकुमारी र पञ्चकुमारीका छोरा अन्दाजी ९ वर्षिय निरज गुरुङ छिमेकीकोमा सुतेकोले बाँच्न सफल भएका छन् ।

स्थानीय जुना घलेले पहिरोमा परेर ४ जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको बताउनुभयो । अहिले पानी परिरहेकाले उनीहरुको खोजीमा समस्या भइरहेको उहाँले बताउनुभयो ।
यसैगरी, बेंसीसहर नगरपालिका ११, चिती स्याउतमा पहिरोले घर भत्किाउँदा २ जना घाइते भएको र घाइतेलाई बेंसीसहरस्थित जिल्ला अस्पतालमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बगुममा पहिरोले बगाउँदा ४ जना बेपत्ता भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठको नेतृत्वमा र अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरी खटिएका छन् ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक घलेले बताउनुभयो । क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पहिरोले बेपत्ता भएकाको खोजीकार्य भइरहेको बताउनुभयो । गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर घलेले वेपत्ता भएकाको स्थानीयले रातीदेखि नै खोजीकार्य जारी राखेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP