लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता – Sarangi News

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका-११ चिति स्याउतमा गएराति पहिराेले पुरिदा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा १६ वर्षिय विकल सुनार रहेका छन् । पहिराेमा परि उनका दाइ १८ वर्षिय मिलन सुनार घाईते भएका छन् । घाईते दुवै जनालाई उपचारकालागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलकाे बाटाेमै मृत्यु भएकाे हाे ।

यसैगरी लमजुङको क्ब्हाेंलासाेथर गाउँपालिकाकाे वडा नं. ३ उत्तरकन्याकाे बगुमस्थित पच्यु टाेलमा गएराति गएकाे पहिराेमा परि ४ जनाकाे बेपत्ता भएका छन् ।

वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका याेजना शाखा प्रमुख चित्र घलेकाे घर पहिराेले बगाउँदा चारजना बेपत्ता भएका हुन् ।

पहिराेमा परि ६९ वर्षिय रूद्रमान गुरूङ, बुहारी ३६ वर्षिय पञ्चकुमारी गुरूङ, दुई नातिनीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ वर्षिया नम्रता गुरूङ बेपत्ता छन् ।

रूद्रमानकाे श्रीमती लिलाकुमारी, पञ्चकुमारीका छाेरा ९ वर्षिय निरज छिमेकी घरमा सुतेकाे र चित्र घले गाउँपालिकाकाे केन्द्र मालिङमा रहेकाले पहिराेबाट बचेकाे वडासदस्य घलेले जनकारी दिए । पहिराेमा परि चित्रका भाइ ३६ वर्षिय भिमबहादुर घले भने घाईते भएका छन् ।

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टाेली पुगेकाे छ । उत्तरकन्याका वडाअध्यक्ष अासविर गुरूङका अनुसार पहिराेमा परि बेपत्ता भएकाहरूकाे खाेजीकार्य भैरहेकाे छ ।

गएराती गएकाे पहिराेले बेसीसहर-चामे सडकखण्ड बन्द भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP