Trend
अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||   लघुकथा प्रतिष्ठानको हीरक शृङ्खला सम्पन्न, पुरस्कार स्थापनाका लागि अभियान सञ्चालन  ||   संरक्षणको पर्खाईमा ऐतिहासिक “ढुङ्गा”  ||   जटेश्वर अर्थात बुढा महादेव मन्दिरमा बाजागाजाका साथ सामुहिक पुजा आराधना।  ||   ईशानेश्वर महादेव मन्दिरमा पाँच हजार बढीले दर्शन गरे एक लाख सतसठ्ठी हजार दान संकलन।  ||  
बुधबार , साउन १५, २०८२
अग्रज वामपन्थी नेता नन्दप्रसाद अधिकारीको निधन – Sarangi News

अनुराग अधिकारी

पोखरा ११ भाद्र अग्रज वामपन्थी नेता नन्दप्रसाद अधिकारीको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ ।

गत केही महिनादेखि उहाँ पार्किन्सन रोगबाट थलिनुभएको थियो । उहाँको हिजो आफ्नै निवास पोखरा ३१ सुन्दरीडाँडामा निधन भएको हो । हिजो नै उहाँको पार्थिव शरीरलाई सतीघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । वि. सं. १९९४ साल माघ १३ गते पिता दण्डपाणि अधिकारी र माता छलीमाया अधिकारीको छोराका रूपमा बेगनासमा जन्मनुभएको थियो । अधिकारीले २०१३ र १४ सालमा किसान सङ्गठन निर्माण गर्दै सामन्तवादविरोधी आन्दोलनमा सहभागी बन्नुभयो । अध्ययनका क्रममा बनारसमा रहँदा पुष्पलाल श्रेष्ठ, बलराम उपाध्याय, चन्द्रनाथ खनाललगायतका नेताहरूको समीपमा रहेर कम्युनिस्ट आन्दोलनमा लाग्नुभएका अधिकारी नेपाल फर्केपछि पनि शिक्षण पेसामा आबद्ध हुँदै शिक्षकहरूको हक हितका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । ब्रह्मरूपा माध्यमिक विद्यालयका संस्थापक प्रधानध्यापक, नेकपा एमाले, गण्डकी प्रदेशका सल्लाहकार एवम् पोखरा महानगरपालिका वडा नम्बर ३१ का मेलमिलापकर्ता नन्दप्रसाद अधिकारी दर्जनौं सामाजिक तथा धार्मिक संस्थामा रहेर काम गर्नुभएको थियो । अधिकारीका श्रीमती, चार छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन १०, २०८२ शुक्रबार 738 Views

संरक्षणको पर्खाईमा ऐतिहासिक “ढुङ्गा”

ताजा अपडेट
धेरै पढिएको

TOP