६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक। – Sarangi News

लमजुङ। बेशीसहर नगरपालिका वडा नं ११ चिति बगैंचाको ६२ बर्षिय सानु नानी घर्तिको २०८१ साउन २९ गते साँझ अन्दाजी २०:३० बजेको समयमा हत्या गरिएको हत्याराको आज पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यलय लमजुङ्ले सार्वजनिक गरेको छ।

मृतक घर्तिको भोलि पल्ट बिहान करिब ८:३० बजेको समयमा आफ्नै घरको आँगनमा भाँडा माझ्ने ठाउमा टाउको तथा गलामा धारिलो हतियर प्रयोग भई मृत अवस्थामा काठमाण्डौ जाने सवारी चालक र साहुले बोलाउन जाँदा फेला पारेको र चिती प्रहरी चौकिमा खबर गरेको बुझ्न आएको थियो। चितीबाट खटिएका प्रहरी सहायक निरिक्षक कुमार केसिको टोलिले घटना स्थलमा पुगी शुरक्षित राखिएको थियो। तत्पश्चात प्रहरी नायव उपरिक्षक मीन बहादुर घलेको कमाण्डमा प्रारम्भिक अनुसन्धान थाली थप प्रदेश कार्यलय पोखराबाट प्र नि कमण्डमा केनाईन(तालिम प्राप्त कुकुर) सहितको टोलि माग गरि अनुसन्धान गरिएको थियो। करिब ६/७ घण्टाको विशेष अपरेशन पश्चात् ४७ बर्षिय सुग्गरे सार्किलाई सुन्दर बजार नगरपलिका ६ खत्रीठाँटिबाट भोलिपल्ट ३० गते नै पक्राउ गर्न सफल भएको प्रनाउ घलेले जानाकारी गराउनु भएको थियो।

निज सार्किले २९ गते बेलुका मृतक घर्तिको घरमा २०:३० बजेतिर घरमा पैसा सापट माग्न गएको र मृतक घर्तिले नदिइ हप्काई दप्काई गरि गाली गरेको हुनाले हातमा रहेको खुर्पाले टाउको तथा गलामा प्रहार गरि फरार भएको बयानबाट खुल्न आएको थियो। साथै अपराधिसंग एक थान मोबाईल, हसिया र घटना घटाउदा लगाएको लगाएको कपडा समेत बरामद गरेको छ।

उक्त प्रतिवादी अर्थात अपराधिलाई जिल्ला अदालत लमजुङबाट ज्यान सम्बन्धी कसुरमा सात दिन म्याद थप गरि अनुसन्धान भैरहेको प्रनाउ घलेले सम्मेलन मार्फत जानाकारी गराउनु भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP