Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शनिबार , भाद्र २७, २०८३
कालिका माविमा तिज गीत प्रतियोगिता – Sarangi News

पोखरा, भदौ १४ गते । पोखरा महानगरपालिका, वडा नम्बर ३३ आँपुभन्ज्याङस्थित कालिका माविमा शुक्रवार तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

हरितालिका तिजका अवसरमा वार्षिक शैक्षिक क्यालेन्डरअनुसार सञ्चालित प्रतियोगितामा मञ्जिता गुरुङ, सुनीता केसी, दिव्या सुनार, सफलता शाही र कृतिका केसीको समूह प्रथम भएको थियो । त्यसै गरी, प्रेमिका तामाङ, सुषमा तामाङ, निरुता लोहार र सिर्जना नेपालीको समूह द्वितीय, कृतिका विक, स्वस्तिका नेपाली र अस्मिता विकको समूह तृतीय र सन्ध्या परियार, सुहानी नेपाली, सम्झना नेपाली, दिया गुरुङ र कृतिका विकको समूह सान्त्वना भएका थिए । आधारभूत तह (१–५) मा समीक्षा खत्री, खुसी गुरुङ, शिवानी गुरुङ, सोमन्या गुरुङ र दीक्षा गुरुङको समूह प्रथम तथा सामिया कुँवर, विनिसा पाण्डे, कुसुम नेपाली, जेनी मगर र ओम तामाङको समूह द्वितीय भएका थिए ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीको अध्यक्षतामा भएको प्रतियोगिताका विजेताहरूलाई शिक्षक–अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङ र सदस्य बेलबहादुर केसीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताका निर्णायकहरूमा शिवप्रसाद पौडेल, शान्तादेवी घिमिरे र लक्ष्मी गिरी रहेका थिए । शिक्षिका बालकुमारी थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा कालिका बाल क्लबका सदस्यहरूले स्वागत गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP