Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
पोखरामा पुस्तक आदानप्रदान गरेर मनाइयो पुस्तकालय दिवस – Sarangi News

पोखरा, भदौ १५ गते । पठन संस्कृतिको विकासमा क्रियाशील संस्था र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर सत्रौँ पुस्तकालय दिवस शनिवार पोखरामा मनाएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले पुस्तकालयको महŒव र पठन संस्कृतिसम्बन्धी धारणा राखेका थिए । जुन देशमा पठन संस्कृतिको विकास भएको हुन्छ, त्यो देश वास्तविक रूपमा समृद्ध बन्ने उनको भनाइ थियो । ज्ञान निर्माणको प्रणालीमा पुस्तकालयको विशेष भूमिका रहने भन्दै उनले स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घीय तहका सरकारले पुस्तकालय विकासमा विशेष लगानी गर्नुपर्ने विचार राखे । पुस्तकालय कुनै पनि व्यक्तिका लागि सर्वसुलभ हुनुपर्नेमा जोड दिँदै पोखराको सार्वजनिक पुस्तकालयको हालको व्यवस्थापनले पोखरामा पुस्तकालय नै नभएको भान भएको भनाइ त्रिवेणीको भनाइ थियो ।
गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री किरण गुरुङले आफू आजको ठाउँसम्म आउनुको मूल कारण पुस्तक र पुस्तकालय नै भएको अनुभव सुनाए । कक्षा ५ मा पढ्दादेखि नै विद्यालयको पुस्तकालयमा भएका पुस्तकहरूको अध्ययनले राजनीतिक तथा सामाजिक चेत भरेको बताउँदै उनले पुस्तकालय र पुस्तक नै आफ्नो वास्तविक गुरु भएको बताए ।
कार्यक्रममा करिब ५० जनाले आपसमा पुस्तक साटासाट गरेका थिए । हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको सोसाइटीले पुस्तक दिवस र पुस्तकालय दिवसमा पुस्तक आदानप्रदान कार्यक्रम गर्ने गर्छ ।
सोही अवसरमा सोसाइटीको नियमित कार्यक्रमअन्तर्गत १०९ औँ शृङ्खलामा आगामी भदौ २९ गते शनिवार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ को दीपक पराजुलीको अवधारणापत्रसहित परिचर्चा हुने जानकारी सचिव नेपालप्रकाश अधिकारीले दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP