एसइई पास भएको खुसीयालीमा विद्यालयलाई स्मार्ट टिभी – Sarangi News

पोखरा । आफ्नो छोराले एसइई परीक्षामा राम्रो जिपिए ल्याएको खुसीमा एक व्यक्तिले विद्यालयलाई टिभी हस्तान्तरण गरेका छन् । पोखरा-३० निवासी समाजसेवी अमृता गुरुङले आफ्ना छोरा सरुण गुरुङले २०८० को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएको शान्ति आधारभूत विद्यालयलाई ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी हुन् ।

छोराले कक्षा ८ सम्म शान्ति आधारभूत विद्यालयमै अध्ययन गरेका र त्यसैको जगमा एसइईमा राम्रो अङ्क आएको भन्दै गुरुङले खुसीयालीमा अनेकौँ तडकभडक गर्नुभन्दा विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

यसै बिच विद्यालयका सहायक प्रधानाध्यापक भुवानीप्रसाद सुवेदी र उनकी श्रीमती भगवती अधिकारी जैसीले विद्यालयलाई एक थान दराज हस्तान्तरण गरेका छन् । त्यसै गरी पोखरा-२४ निवासी कृष्णप्रसाद सुवेदी र मीनाकुमारी सुवेदीले आफ्ना छोरा क्रिमस सुवेदीको जन्मदिनको अवसरमा आइतवार एक थान दराज विद्यालयलाई प्रदान गरेका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३० वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले कुनै पनि खुसीयाली तथा जन्मदिनमा विद्यालयलाई गरिने सहयोगबाट अतुलनीय पुण्य प्राप्त हुने धारणा राखे । उनले विद्यालयले क्रमशः गर्दै गएको प्रगतिबाट आफू निकै प्रभावित भएको भन्दै वडाका तर्फबाट हुन सक्ने सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गरे ।

सहयोगदाताहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्षा दुर्गादत्त अधिकारी र प्रधानाध्यापक मनिराम कडेलले सम्मान गरेका थिए । विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान अघि बढाइरहेका बेला प्राप्त सहयोगले थप हौसला प्राप्त भएको प्रधानाध्यापक कडेलले बताए । स्मार्ट टिभीमार्फत् मल्टिमिडियमा आधारित शैक्षिक सामग्रीका माध्यमले शिक्षण गर्न सहज भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपाल ईसाई एकता समाजले ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न।

कुमुदिनी होम्समा बृहत् विज्ञान प्रदर्शनी

शिवरात्री मेलाको लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक चयन गर्‍यो।

शैक्षिक कल्याणकारी कोषद्वारा प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान

एनपीएल नालीबेली : कसले के अवार्ड पाए ?  कुन टोलीले कति रुपैयाँ पाउँछ ?

गुम्दै गएको शिक्षकको गरिमाः कसरी उकास्ने ?


TOP