ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा। – Sarangi News

लमजुङ। ऐतिहासिक सेवेन ए साइड खुल्ला हरितालिका तिज फूटबल प्रतियोगितामा लाङ्दी देवि नाल्माले हात पार्न सफल भएको छ। धुलपुरे क्लब भोर्लेटारले भदौ २१ गते देखि संचालन गरेको खेल आज सम्पन्न भएको हो।

स्थानिय खेलाडिहरुको जगेर्ना र उत्पादनका लागि संचालित खेलमा चरण बद्दरुपमा खेल्दै सेमिमा प्रवेश गरेका बाङ्रे एफ सि र लाङ्दी देवि क्लब नाल्मा बिच भएको थियो। जसमा दुवै टिमले ०३/०३ गोल गरि बराबरमा खेल समय सकिएको थियो भने अन्तत: पेनाल्टिमा लाङ्दी देवि नाल्माले बाङ्रे एफ सिलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो। त्यस्तै अर्को सेमिमा तल्लोटार क्लब र आयोजक टिम धुलपुरे क्लबको भिडन्त थियो जसमा आयोजक टिम धुलपुरे क्लबले तल्लोटार क्लबलाई ०१ गोलका बिरुद्द ०३ गोलले पराजित गर्दै धुलपुरे क्लब फाईनलमा प्रवेश गरेको थियो।

नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा शुरु भएको फाईनल खेल आयोजक टिम धुलपुरे क्लब र लाङ्दी देवि क्लब नाल्मा बिच अत्यन्तै प्रतिष्पर्धात्माक रुपमा भएको थियो। सिम्पानी पन्चे बाजागाजा र विभिन्न सांस्कृतिक नृत्यहरु सहित भएको फाइनल खेलको समापन समारोहका अध्यक्षता धुलपुरे क्लबका अध्यक्ष बिकास गुरुङले गर्नु भएको थियो। समापन कार्यक्रममा नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेल, नगर प्रवक्ता एवम वडा नं १० का वडा अध्यक्ष रामचन्द्र भन्डारी, वडा नं ४ को वडा अध्यक्ष राम बहादुर श्रेष्ठ, वडा नं ५ को वडा अध्यक्ष ओम वीर गुरुङ, वडा नं ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेल, वडा नं ७ को वडा अध्यक्ष हिरा बहादुर गुरुङ वडा नं ९ को वडा अध्यक्ष महेश पाण्डे, ईप्रका भोर्लेटारका प्रमुख प्रनि राजाराम खडका, वडा सदस्यहरु, राजनितिक कर्मीहरु एवम बुद्दिजिवी वर्गहरुको उपस्थिती रहेको थियो।

उक्त फाइनल खेलमा लाङ्दी देवी क्लबले धुलपुरे क्लबलाई शुन्यका बिरुद्द ०५ गोलले पराजित गर्दै उपाधी हासिल हात गर्न सफल भएको थियो। बिजेता टिम ले १ लाख ५० हजारको धनराशी र ट्रफी हासिल गर्न सफल भएका छन। त्यस्तै उप विजेता धुलपुरे क्लब लाई रु ८० हजार ट्रफी मेडल र प्रमाण पत्रहरु प्राप्त गरेका छन। त्यस्तै गरेर आजको अनुशासित टिम धुलपुरे U16 लाई रु ८ हजार, सर्बाधिक गोलकर्ता बिकास पाइलटलाई ट्रफी र नगद रु ३ हजार, उत्कृष्ट खेलाडी सुरज तामाङले ट्रफी रु ३ हजार, उत्कृष्ट गोल रक्षक आकाश रानाभाट ट्रफी र रु ३ हजार प्राप्त गरेका छन।

प्रमुख अतिथी पाण्डेले बिजेता टिम र उपबिजेता खेलाडीहरुलाइ पुरस्कार बितरण पश्चात् बोल्दै धुलपुरे क्लबले ऐतिहासिक रुपमा खेलाउदै आएको यो तिज फूटबल प्रतियोगिताले स्थानिय खेलाडीहरुमा थप उर्जा थपेको र खेल प्रेमी खेलाडी र समूह लगायत क्लबहरुलाई नगरपालिकाको तर्फबाट जे जति सहयोग गर्न पर्छ त्यो गर्ने प्रतिवद्दता सहित सौहार्दपुर्ण वातावरणमा खेल शुरु गरेर आज भव्यताका साथ सम्पन्न गर्न सफल भएको आयोजक क्लब परिवारलाई एवम अध्यक्ष बिकास गुरुङलाई विशेष धन्यवाद ब्यक्त गर्नु हुँदै क्लब परिवार, प्रशासन सबैलाई यसरी नै आगामी दिनहरुमा जहाँ जे जस्तो कार्यक्र्म हुँदा पनि सबैको साथ र सहयोगले सम्पन्न गर्न अनुरोध गरेका थिए।

अन्त्यमा ऐतिहासिक तिज फूटबल प्रतियोगिता सम्पन्न गर्न आर्थिक भौतिक र नैतिक सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै यो सफलता सिगो क्लब समूह प्रशासन र हरेक नागरिकको हो भन्दै आगामी दिनहरुमा कमोकम्जोरिहरुलाई सुधार्दै अगाडि बढ्ने प्रतिवद्दता गर्दै सहभागी टिम उपबिजेता टिम बिजेता टिम सबैलाई बधाई दिदै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP