Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
प्रगतिटोल नमुना आमा समूहको अध्यक्षमा शर्मीला श्रेष्ठ – Sarangi News

पोखरा । प्रगतिटोल नमुना आमा समूह, प्रगतिटोल, चाउथे, पोखराको चौथो अधिवेशन तथा  एघारौँ  साधारणसभाले शर्मीला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको  छ ।

अधिवेशनले  प्रथम उपाध्यक्ष सावित्रा अधिकारी, द्वितीय उपाध्यक्ष  द्रौपदी  पौडेल, सचिव तुलसा पुन, कोषाध्यक्ष कान्ता कोइराला पोखरेल, सहसचिव सीता खड्का, सहकोषाध्यक्ष  निरू ढकाल, सदस्यहरू समुद्र थापा, माया गुरुङ, लक्ष्मी हमाल खाँड, सानू अधिकारी, दयाकुमारी आले, विष्णु खत्री, ललिता खड्का, शान्तिदेवी थापा, भोला राना, खिमा  के सी, यामकुमारी गुरुङ, गीता रायमाझी, माया गिरी, पार्वती श्रेष्ठ, चन्द्र शेरचन, दीपा खड्का, रञ्जु साहलाई चयन गरेको छ । त्यसै गरी कार्यसमितिले सम्झना भुजेल, गीता अधिकारी र उमा गुरुङलाई सल्लाहकारमा मनोनित गरेको छ ।

कार्यक्रममा  प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं. १४ का वडा अध्यक्ष बोधराज कार्कीले शुभकामना मन्तव्य दिँदै वडाले समूहलाई गर्नुपर्ने साथ र सहयोग गर्न हमेसा तत्पर रहेको बताउनुभयो । त्यसै गरी विशेष अथिति पोखरा महानगरपालिका १४ का वडा सदस्य कृष्णहरि काफ्ले, अतिथिहरूमा प्रगतिटोल विकास समितिका अध्यक्ष मीनाबहादुर गुरुङ, टोल विकास समितिका सचिव गोविन्द सापकोटा र समूहका निवर्तमान अध्यक्ष सम्झना भुजेलले पनि शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP