भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधरण सभा सम्पन्न। – Sarangi News

लमजुङ। श्री भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २९ औँ बार्षीक साधरण सभा कार्यक्रम सम्पन्न। मध्यनेपाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेलको प्रमुख आतिथ्यमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिव लाल श्रेष्ठको अध्यक्षतामा ईशाने स्वर क्याम्पसको कवड हलमा भएको थियो। प्रमुख अतिथी पौडेलले दिप प्रज्वलन गरी शुरु गरिएको कार्यक्रममा झरीको बावजुद पनि उपभोक्ताहरुको बाक्लो उपस्थिती रहेको थियो।

महिला उपाध्यक्ष एवम उपभोक्ता समितिका सुचना अधिकारी यशोदा न्यौपानेले स्वागत मन्तव्य राख्दै समिती र उपभोक्ता बिचका पारस्पारिक सम्बन्ध र कार्यसमितिको जिम्मेवारीका बारेमा बोल्दै उपभोक्तालाई शुद्द सफा र स्वास्थ्य पानी खुवाउने हाम्रो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको बताउनु भएको थियो।

स्वागत मन्तव्य पश्चात उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो जसमा स्थानिय तथा प्रदेश सरकारबाट सहयोगबाट गरिएका विभिन्न मुहानबाट पानी, ट्यान्की, मिदिमखोलाको पानी बोर र पाईप लाईन ब्यस्वस्थापनको बारेमा बताउनु भएको थियो।

कोषाध्यक्षको स्वास्थ्यमा समस्या भएको कारणले कोषाध्यक्षको २०८०/२०८१ को आर्थिक प्रतिवेदन सचिब सरोज पौडेलले पेश गर्नु भएको थियो। जसमा बैक तथा वित्तिय संस्थामा रहेको आर्थिक प्रतिवेदनहरु पेश गर्नु भएको थियो। कुल आम्दानी ३०,५९,२०६ रुपैया३२ पैसा मा कुल खर्च २७,१९, ४४३ रुपैया ११ पैसा जसमा मौज्दाता ४६००५/- रहेको बताउनुभएको थियो।

१००२ उपभोक्ता रहेको समितिको कोषमा हाल सम्म रकम रहेको कोषाध्यक्षको प्रतिवेदनले जनाएको थियो। ब्यक्ती गत नयाँ धारा जडान रु १५०००/-, एकाहा घर धारा जडान रु ९०००/- र नामसारी शुल्क रु ५००/- रहेको छ भने पानीको महशुल न्युनतम १० युनिटसम्म रु ३०/- ११ देखि २० युनिटसम्म रु १५/- २१ युनिट देखि ९९९९९सम्म रु २०/- खानेपानी महशुल जरिवाना १ देखि १० गतेसम्म कुनैपनी जरिवाना लाग्ने छैन। ११ गते देखि ३० गतेसम्मको जरिवाना रु २०/- दुई महिनासम्म महशुल जम्मा नगर्दा जरिवाना रु ३०/- तीन महिनासम्म महशुल नबुझाउदा रु ५०/- चार महिनासम्म जरिवान नबुझाउदा रु १००/- त्यस्तै ५ महिनासम्मको रु १५०/- र ६ महिनासम्म पनि महशुल नबुझाउदा २००% को दरले बुझाउनु पर्ने रहेको छ।

भोर्लेटार सिँचाईका अध्यक्ष ईन्द्र प्रसाद रेग्मी, महिला उपभोक्ता रमा विक, सम्पुर्ण टोल सुधारको नेतृत्व गर्दै समावेशी एकता टोलसुधारका अध्यक्ष अमृत रानाभाट, ईशानेश्वर माविका प्रधानाध्यापक राम कृष्ण घिमिरे, नेकपा माओवादी केन्द्र वडा कमिटिका अध्यक्ष गेह बहादुर विक, नेकपा एमाले वडा कमिटी अध्यक्ष मीन राज गुरुङ, नेपाली कांग्रेस नगर सभापती वसन्त राज घिमिरे, रप्रपाका क्षेत्रीय सभापती बुद्दी बहादुर क्षेत्री, लगायतकाले सभामा शुभकामना तथा मन्तव्य राख्नु भएको थियो।

प्रमुख अतिथी पौडलले बढ्दो जनसंख्याको वडा नं ६ को जनतालाई थप पानीको ब्यवस्था गर्नु पर्ने र राम्चे खानेपानी योजनालाई भोर्लेटार खानेपानीमा जोड्नुपर्ने आबश्यकता बताउनु भएको थियो। सावीकका वडाहरु १,२,३,४ र ५ लाई समेत एकीकृत रुपमा समायोजना गर्नु पर्ने समेत बताएका थिए। जसको नेतृत्व भोर्लेटार खानेपानीले गर्नु पर्ने बताउनु भएको थियो। मध्यनेपालको केन्द्र भोर्लेटारलाई आर्थिक भौतिक हरेक योजनाले समृद्द बनाउदै हामिले शुद्द खानेपानी र हरेक घर धुरी र हरेक उपभोक्तालाई लाभान्वित बनाउनु पर्दछ बताउनु भएको थियो।

प्रमुख अतिथिको मन्तव्य पश्चात उपभोक्ताहरुको लागि फ्लोर दिइएको थियो जसमा राम कृष्ण कुँवर, डम्मर ध्वज दुरा, धन वीर कार्की, सोम बहादुर रानाभाट, बिजय रन्जन पौडेल लगायतकाले राख्नु भएको थियो। प्रतिवेदनमा केही देखिएको खर्च पार्दर्शिता नभएको, नयाँ धारा जडानको शुल्क र हालको देखावटीको रुपमा देखाईएको पानीको न्युनतम महशुलले संस्था घाटामा पुगेको र भबिश्य खतरामा समेत बताईएको थियो। जसको जवाफ उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले जवाफ दिदै कार्यक्रमको समापन गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव सरोज पौडेलले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत जहाँ जहाँ… सार्वजनिक (भिडियोसहित)

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।

भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधरण सभा सम्पन्न।


TOP