Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
काउरे पिपल डाँडाको भलिवल प्रतियोगिता ज्वाला देवी स्याङ्जाको पोल्टामा। – Sarangi News

लमजुङ। स्व: पञ्च सुब्बा गुरुङ एण्ड सन्तमाया गुरुङ स्‍मृतिमा आयोजित प्रथम भलिवल प्रतियोगितामा ज्वाला देवी क्लब स्याङ्जाको पोल्टामा फाईनल गएको छ। वडा नं ६ को वडा अध्यक्ष बिष्णु भक्त पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा खेल मैदानको औपचारिक उद्घाटन गरेर शुरु भएको थियो। स्याङ्जा तनहुँ कास्की र लमजुङको १४ टिम उपस्थिती भएको प्रतियोगितामा ग्रीन भ्याली क्लबको आयोजनामा भएको थियो।

खेलको चरण वद्द रुपमा खेल्दै सेमी फाईनलमा ग्रीन ल्याण्ड दुई पिप्ले र स्यास्त्री युवा क्लब कास्की, गुरुङ समाज पचभैया र ज्वाला देवी स्याङ्जा पुगेका थिए। जसमा स्यास्त्री क्लब कास्की र ज्वाला देवी स्याङ्जा फाईनलमा पुगेका थिए। जस अन्तरगत फाईनल भिडन्तमा बेस्ट अफ फाईवमा एक सेटका बिरुद्द ज्वाला देवी स्याङ्जाले तीन सेट सेट जित्दै फाइनल जित हासिल गर्न सफल भएका थिए।

त्यस्तै गरेर उपबिजेता टिम स्यास्त्री युवा क्लब कास्कीले रु पन्ध्र हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन भने बिजेता टिम ज्वाला देवी स्याङ्जाले रु पच्चीस हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन। बेस्ट सेटर ज्वाला देवी क्लब स्याङ्जाका विक्रम गुरुङले ट्रफी र प्रमाण पत्र प्राप्त गेरका छन। उत्कृष्ट खेलाडी ज्वाला देवी स्याङ्जाका समिर सुनारले ट्रफी र प्रमाण पत्र प्राप्त गरे। त्यस्तै स्पाईकरमा स्यास्त्री क्लबका बिजय कुमार भुजेलले ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन। उपबिजेता र बिजेता टिमका खेलाडीहरुलाई ट्रफी मेडल र प्रमाण पत्रहरु प्रमुख अतिथी पौडेलले प्रतिय्योगिताको बिशेष अतिथी राम बहादुर गुरुङले प्रदान गर्दै बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो।

प्रतियोगिताको दौरान सांस्कृतिक कार्यक्रम, रस्सा कस्सी, भाले समात्ने प्रतियोगिता भएको थियो। जसमा रस्सा कस्सी दुई पिप्ले बैराठका समुहले जित हासिल गर्दै रु पच्चिस सय प्राप्त गरेका थिए। भाले समात्ने प्रतियोगितामा मनसुन पारीयारले प्राप्त गरेका थिए। पञ्चे बाजागाजा सहित भएको फाइनल खेलमा खेलमा सोचे भन्दा खेल खेलाडी टिमहरुको सहभागीता रहेको र काउरे पिपल डाँडाको एक छुट्टै पहिचान राख्न सक्ने बताए। साथै आगामी बर्षहरुमा थप प्राथमिकताका साथ थप स्तरियताका साथ सांचालन गरिने र यसको लागी वडा र नगरपालिकाले गर्न पर्ने पूर्ण रुपमा साथ र सहयोग रहने प्रतिवद्दता समेटा जाहेर गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP