Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
हिमाली आवसीय माविले बार्षिकोत्सव मौलिक भेषभुषा प्रदर्शनी तथा साँस्कृतीक कार्यक्रम सहित सम्पन्न। – Sarangi News

लमजुङ ।मध्यनेपाल नगरपालिका ६ भोर्लेटार स्थित हिमाली आवसीय माविमा मौलिक भेषभुषा प्रदर्शनी, साँस्कृतिक कार्यक्रम – २०८१ र पुरस्कार वितरण कार्यक्रम आज भव्यताका साथ सम्पन्न गरेको छ।

विद्यालयको ३६औं बार्षिकोत्सव तथा अभिभावक दिवस एवं सरस्वती पुजाको अवसरमा आज साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण विविध मनोरञ्जनात्मक कार्यक्रम गरिएको हो।

सो अवसरमा अभिभावक तथा विद्यार्थीले आ आफ्नै जातजातिको भेषभुषा र पहिरनमा साँस्कृतिक नृत्य प्रस्तुति गरेका थिए। त्यसैगरी कार्यक्रममा प्रदेशस्तरीय, जिल्लास्तरीय, विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, तेक्वान्दो, भलिबल, लामो तथा छोटो दौड, लङजम्प, साँस्कृतिक प्रस्तुति लगायतका प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियोे। आज अन्तिम दिन टप १० पुग्न नृत्य प्रतियोगिताको समेत फाईनल गरिएको थियो। सान्त्वना तृतिय द्दित्तिय र प्रथम क्रमश: पाँच सय, एक हजार, दुई हजार र तीन हजार पुरस्कार राशी रहेको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्दराज सोतीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष सोती, विद्यालयका संस्थापक रामिला गुरुङ, विद्यालयका सदस्यहरु रामबहादुर गोदार र ऋतु गुरुङ, लगायतले शुभकामना व्यक्त गर्नुभयो।
साथै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सोतिले अत्यन्तै पृथक सैलीबाट गरिएको कार्यक्रमले शिक्षक बिध्यार्थी र अभिभावक बिचको सामिप्यता बढाएको जिकिर गर्नु भएको थियो। यस्ता खाले कार्यक्रम अन्य बिद्यालयले हिमाली आवासिय माबिबाट पाठ सिकुन समेत बताए।

साथै संचालक रमिला गुरुङको अनुसार नेताहरु ल्याएर तामझामका साथ बाजागाजा गरेर भाषण बाजि गरेर कार्यक्रम गर्नु भन्दा अबका बर्षहरुमा यसरी नै फरक फरक तरिकाले बार्षिकोत्सव तथा अभिभावक सम्मेलन कार्यक्रम गरिने समेत बताए। साथै अन्य स्कुल तथा बिद्यालयले जे गरुन चासोको बिषय रहेन हामिले हरेक कोणबाट बिद्यार्थीको उज्ज्वल भबिष्य निर्माण तर्फ सोची रहने र काम गर्ने बताए। धेरै ठूलो त्याग र तपष्याले मैले बचाउन र जगाउन सकेको हिमालीलाई थप उचाईमा पुर्याउन के कस्ता कसरत गर्न पर्दछ निरन्तर गरि रहने समेत बताईन।

सो अवसरमा शिक्षकहरु तेज तामाङ र अमर रोकाले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP