Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
कुमुदिनीमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ – Sarangi News

सुरेन्द्र सदिच्छा

पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार तेस्रो कुमुदिनीअन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता  सम्पन्न गरेको छ ।

विद्यार्थीहरूमा रहेको बौद्धिक क्षमतामार्फत् विद्यार्थी र विद्यालयबिचको असल सम्बन्ध कायम राख्ने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रमको आयोजना गरिँदै आएको कुरा  विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।

विद्यालयका सह-प्राचार्य मन बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  मेट्रोपोलिटन एकेडेमीका अनुब्रत तिमिल्सिना, कृतिका तिमिल्सिना र सनिज बसौलाको समूह चौँथो स्थान हाँसिल गरी नगद रुपियाँ ३००० सहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। बाल मन्दिर माध्यमिक विद्यालयका कुशल पौडेल , स्पर्श भण्डारी र सेरिन पौडेलको समूहले तृतीय स्थान हाँसिल गरी नगद रुपियाँ ५००० सहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै ग्लोबल कलेजियट माध्यमिक विद्यालयका प्रणव मोहन भट्टाराई, आर्या हमाल र स्वदिप्ता खनालको समूहले द्वितीय स्थान हाँसिल गरी नगद रुपियाँ १०००० सहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ।त्यस्तै गरी न्यू मोडेल आवासिय माध्यमिक विद्यालयका अनिज पोख्रेल, सन्तोष आचार्य र सञ्जिता सिंहको समूह प्रथम भइ नगद रुपियाँ १५००० प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्न सफल भएको छ ।

सामाजिक विषय विभागीय प्रमुख अभिशेक विश्वकर्मा क्विजमास्टर हुनुभएको कार्यक्रममा शिक्षक भुवन गुरुङले अङ्कनको भूमिका निभाउनु भएको थियो भने कम्प्युटर विषय विभागीय प्रमुख सन्तोष ढकालको प्राविधिक सहयोग कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP