Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
आइतबार , बैसाख ६, २०८३
कुमुदिनीमा होम्सका विद्यार्थीले गरे कथा वाचन – Sarangi News

सुरेन्द्र सदिच्छा

पोखरा, फागुन ९ गते । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार माध्यमिक तह (९-१२) स्तरीय नेपाली कथा वाचन प्रतियोगिता सम्पन्न गरेको  छ ।

विद्यार्थीहरूमा नेपाली साहित्यको रसिलो विधा कथामा पनि रुचि जगाउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको कुरा विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।

विद्यालय संस्थापक कुशल पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका जम्मा ३५ जना विद्यार्थीहरुले केही आफै सिर्जना गरेका र केही विभिन्न स्रोतबाट साभार गरी कथा वाचन गरेका कुरा कार्यक्रम संयोजक शिक्षक दिपेन्द्र थापा मगरले जानकारी दिनुभयो । शिक्षकहरू उमा पोख्रेल र अभिशेक विश्वकर्मा निर्णायक रहनुभएको कार्यक्रममा कक्षा ९ (ख) का सक्षम गैह्रे, कक्षा ११ विज्ञान संकायकी अञ्जली सुवेदी,कक्षा ९ (ग) का समर्पण तिमिल्सिना र कक्षा ९ (ख) की निशा छन्त्याल क्रमश: प्रथम, द्वितीय, तृतीय र सान्त्वना  स्थान  हासिल गरी  प्रमाणपत्र, ट्रफी सहित विभिन्न  साहित्यिक पुस्तक पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व विद्यालयका सहप्राचार्य मनबहादुर भुजेलले पुरस्कृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीमा उत्साहजनक सहभागिताले सकारात्मक ऊर्जा थप्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रम कक्षा ९ का विद्यार्थीहरू श्रेया गौचन र रोज्ली लामाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP