Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
कुमुदिनीमा होम्सका विद्यार्थीले गरे कथा वाचन – Sarangi News

सुरेन्द्र सदिच्छा

पोखरा, फागुन ९ गते । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार माध्यमिक तह (९-१२) स्तरीय नेपाली कथा वाचन प्रतियोगिता सम्पन्न गरेको  छ ।

विद्यार्थीहरूमा नेपाली साहित्यको रसिलो विधा कथामा पनि रुचि जगाउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको कुरा विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।

विद्यालय संस्थापक कुशल पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका जम्मा ३५ जना विद्यार्थीहरुले केही आफै सिर्जना गरेका र केही विभिन्न स्रोतबाट साभार गरी कथा वाचन गरेका कुरा कार्यक्रम संयोजक शिक्षक दिपेन्द्र थापा मगरले जानकारी दिनुभयो । शिक्षकहरू उमा पोख्रेल र अभिशेक विश्वकर्मा निर्णायक रहनुभएको कार्यक्रममा कक्षा ९ (ख) का सक्षम गैह्रे, कक्षा ११ विज्ञान संकायकी अञ्जली सुवेदी,कक्षा ९ (ग) का समर्पण तिमिल्सिना र कक्षा ९ (ख) की निशा छन्त्याल क्रमश: प्रथम, द्वितीय, तृतीय र सान्त्वना  स्थान  हासिल गरी  प्रमाणपत्र, ट्रफी सहित विभिन्न  साहित्यिक पुस्तक पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व विद्यालयका सहप्राचार्य मनबहादुर भुजेलले पुरस्कृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीमा उत्साहजनक सहभागिताले सकारात्मक ऊर्जा थप्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रम कक्षा ९ का विद्यार्थीहरू श्रेया गौचन र रोज्ली लामाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP