Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
कालिकामा एसइईको तयारीमा रहेका विद्यार्थीलाई बिदाइ तथा शुभकामना – Sarangi News

पोखरा, फागुन ९ गते । पोखरा-३३, आँपभुन्ज्याङस्थित कालिका माविबाट यस वर्षको एसइई परीक्षामा सहभागी हुने तयारीमा रहेका विद्यार्थीलाई शुक्रवार बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ९ द्वारा आयोजित कार्यक्रममा विद्यालय प्रधानाध्यापक रुपिन्द्र प्रभावीले कालिका माविको शैक्षिक प्रतिष्ठालाई अझ उकास्न विद्यार्थीहरूलाई सुझाव दिए । कक्षा ९ की छात्रा आस्मा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १० की प्रमिशा बानियाले आफूहरूले सकेसम्म उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । कक्षा ९ की छात्रा सुनीता केसीको सञ्चालनमा भएको कार्यक्रममा सफला सुनारले स्वागत तथा शुभकामना मन्तव्य दिएको थिइन् । विद्यालय व्यवस्थाप समितिकी शिक्षक प्रतिनिधि शान्तादेवी घिमिरेले विद्यार्थीहरूलाई अबिर लगाएर बिदाइ र शुभकामना दिएको थिइन् । कार्यक्रममा कक्षा ९ का तर्फबाट कक्षा १० का विद्यार्थीहरूको सम्मानमा मायाको चिनोसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP