Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
कालिकामा एसइईको तयारीमा रहेका विद्यार्थीलाई बिदाइ तथा शुभकामना – Sarangi News

पोखरा, फागुन ९ गते । पोखरा-३३, आँपभुन्ज्याङस्थित कालिका माविबाट यस वर्षको एसइई परीक्षामा सहभागी हुने तयारीमा रहेका विद्यार्थीलाई शुक्रवार बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ९ द्वारा आयोजित कार्यक्रममा विद्यालय प्रधानाध्यापक रुपिन्द्र प्रभावीले कालिका माविको शैक्षिक प्रतिष्ठालाई अझ उकास्न विद्यार्थीहरूलाई सुझाव दिए । कक्षा ९ की छात्रा आस्मा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १० की प्रमिशा बानियाले आफूहरूले सकेसम्म उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । कक्षा ९ की छात्रा सुनीता केसीको सञ्चालनमा भएको कार्यक्रममा सफला सुनारले स्वागत तथा शुभकामना मन्तव्य दिएको थिइन् । विद्यालय व्यवस्थाप समितिकी शिक्षक प्रतिनिधि शान्तादेवी घिमिरेले विद्यार्थीहरूलाई अबिर लगाएर बिदाइ र शुभकामना दिएको थिइन् । कार्यक्रममा कक्षा ९ का तर्फबाट कक्षा १० का विद्यार्थीहरूको सम्मानमा मायाको चिनोसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP