Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
रेन्बो एकेडेमिक होम्समा उद्घोषण भाषण कला तालिम सम्पन्न – Sarangi News

पोखरा । पोखरा- १५ कोलपाटनमा अवस्थित रेन्बो एकेडेमिक होम्स पोखराले आयोजना गरेको दुई हप्ते उद्घोषण तथा भाषण कला तालिम शनिबार सम्पन्न भएको छ ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा उहाँले जीवनको सबैभन्दा महत्त्वपूर्ण कला बोल्ने कला भएको हुँदा यस्ता खालका तालिमले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य बाबुराम बरालले विद्यार्थीहरूको व्यक्तित्व विकास गर्ने विभिन्न खालका तालिमहरु विद्यालयले विगतमा पनि सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि उद्घोषण तथा भाषण कला तालिमलाई निरन्तरता दिने कुरा बताउनुभयो ।

तालिम प्रशिक्षक सञ्चारकर्मी अनुराग अधिकारीले विद्यार्थीहरूमा फरक फरक खालका क्षमता हुने र ती क्षमता प्रस्फुटन गराउन तालिमले विशेष महत्व राख्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक अर्जुन भट्टराई, विद्यालयका संस्थापकद्वय कृष्णप्रसाद ढकाल र खेमनारायण ढकाल, शिक्षिकाद्वय सिर्जना पोखरेल र सुष्मा गुरुङ, अभिभावकहरू कृष्णजङ कुँवर, रीता राना, गीतालक्ष्मी शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रशिक्षार्थीहरू प्रज्वल पौडेल, प्रीना गुरुङ, स्वीकृति भण्डारी, सोफिया गुरुङ, नाल्सी प्रधान, चेलिसा गुरुङ, आरोश चापागाई, युनिसा परियार, रियान्सी गुरुङ, जिनिसा गुरुङ, सजना केसीलगायतले आफ्नो व्यक्तिगत अनुभव, कविता वाचन र नृत्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा तालिममा सहभागी ५३ जना विद्यार्थी तथा शिक्षिकाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय दिव्या खड्का र आयुषा गुरुङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP