साहित्यकार पगेनीको सालिक निर्माणका लागि शिलान्यास – Sarangi News

पोखरा । प्रसिद्ध गजलकार स्व. प्रकट पगेनी ‘शिव’ को अर्धकदको सालिक बन्ने भएको छ ।

उनको प्रथम स्मृति दिवसको अवसरमा रूपा- ५ देउरालीमा शालिक शिलान्यास गरिएको प्रकट पगेनी ‘शिव’ स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीले जानकारी दिए । शनिवार रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शालिकको शिलान्यास गरेका थिए । समग्र रूपा तथा देशकै गहनाका रूपमा रहेका साहित्यकार पगेनीको सम्मानमा शालिक निर्माण गर्न लागिएको हो । त्यस्तै रूपा वाङ्‍मय प्रतिष्ठानले पनि प्रकट पगेनी ‘शिव’को स्मृति दिवसकै अवसरमा उनको सम्झनामा प्रकट पगेनी ‘शिव’ स्मृति पुरस्कार प्रदान गर्ने गरी प्रकट पगेनी ‘शिव’ स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ भने अक्षयकोष स्थापनामा  सहयोग गर्न सबैलाई आह्‍वान गरेको अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए ।

२०१३ असोज २४ गते रूपा-५, देउरालीमा जन्मेका प्रकट पगेनी ‘शिव’ को २०८१ वैशाख ४ गते निधन भएको थियो । तगारो छेउ आएर पनि…, किन राख्यो चोखो मुटु… लगायत लोकप्रिय गीतकार गीतकार पगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुनालाई’ गीत सङ्ग्रह, ‘प्रणयवेदका ऋचाहरू’ गजल सङ्ग्रह र ‘अक्षरभरि अक्षता’ कविता सङ्ग्रह प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन


TOP