Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
र्‍यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस – Sarangi News

पोखरा, वैशाख १० गते । र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. ईश्वरमणि अधिकारी, साहित्यकार तीर्थ गुरुङ, शिव त्रिपाठी, त्रिवेणी, अनुराग अधिकारी, विष्णु सुवेदी, ढाकामोहन बराल, अनुपमणि अधिकारी, नेपालप्रकाश अधिकारी, अनिता अधिकारी, विष्णु सुवेदी, ध्रुव केसी, कमला श्रेष्ठ, हसिना बस्नेत, जमुना कायस्थ, विजय भण्डारी, कमला सुवेदी, लक्ष्मण थापा, माधव खतिवडा, सरू लामिछाने, निकिता, भरतमणि भट्टराई, बाबुराम सुवेदी, रेशम गिरीलगायतले पुस्तक आदानप्रदान गरेका थिए ।
युनेस्कोले सन् १९९५ मा विश्वभरका लेखकलाई प्रेरित गर्दै लेखकको सम्मानस्वरूप हरेक वर्ष अप्रिल २३ तारिखमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने निर्णय गरेको थियो । विश्वभरिका शैक्षिक, व्यावसायिक तथा वाङ्मयिक संस्थाहरूले पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी आदि कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरेका छन् । र्‍यान्डम रिडर्स सोसाइटीले हरेक वर्ष पुस्तक दिवस र पुस्तकालय दिवसमा आफूलाई मन परेको किताब प्रदान गर्दै अर्का पाठकबाट निजलाई मन परेको किताब लिने गरी पुस्तक आदानप्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP