
लमजुङ(मध्यनेपाल): लमजुङको मध्यनेपाल नगरपालिका नगर प्रमुख रमेश कुमार पान्डेले भोलि १५ गतेदेखी मध्यनेपाल नगरपालिका भरका सरकारी बिद्यालय सन्चालन गर्न र शिक्षक कर्मचारीहरु विद्यालय फर्कन आज एक प्रेस विज्ञप्ती जारी गरेका छन।

सर्वोच्च अदालतको आदेश संगै सरकारले दिएको निर्देशन तथा विज्ञप्तीको अनुसरण गर्दै स्थानिय तहको सरकारले पनि यसमा पहल कदमी गर्न आवश्यकता रहेको सारङ्गी न्युजलाई मेयर पाण्डेले जानाकारी गराउनु भएको थियो।