रूपामा बुद्धजयन्तीमा मोहोरिया मेला हुने – Sarangi News

रूपा । कास्कीको रुपागाउँपालिका स्थित मोहोरियामा २५६९ औं बुद्ध जयन्तीको अवसरमा तीन दिने मोहोरिया मेला हुने भएको छ । सिद्धार्थ स्मृति क्लबको आयोजनामा वैशाख २७ देखि २९ गतेसम्म मेला हुन लागेको हो । “खेलकुदद्वारा स्वास्थ्यमा सम्वद्र्धन, मेलाद्वारा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजित मेलाको मुख्य आकर्षक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लबका पूर्वअध्यक्ष जीतबहादुर थापाले जानकारी दिनुभयो ।

भलिबलमा विजेताले ४० हजार, उपविजेतालाई २५ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ । विधागत रुपमा पनि उत्कृष्ट घोषणा गरी पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा सहभागी हुन ३ हजार दर्ता शुल्क तोकिएको थापाले बताउनुभयो । तीन दिनसम्म चल्ने मेलामा विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, मोहोरिया होम स्टेको प्रवद्र्धन गरिने थापाको भनाइ छ ।

क्लबले विगत २५ वर्षदेखि बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम गर्दै आएको छ । क्लबले आयोजना गरेको भलिबलमा सहभागी भएका खेलाडी इम राना राष्ट्रिय भलिबलको कप्तानसमेत हुन सफल भएका छन् । क्लबले भलिबलको खेलाडी उत्पादनमा विशेष योगदान गर्दै आएको छ ।

कार्यक्रम सन्चालनकाे लागी स्थानीय संघ संस्था, बैदेशिक राेजगारीमा रहेका गाउका दाजुभाइहरू तथा शुभचिन्तकहरू संग सहयाेग अाव्हान गर्ने छ । यस कार्यक्रममा क्लबले ३ लाख रकम संकलन गर्ने २ लाखमा कार्यक्रम सम्पन्न गर्ने र १ लाख बचत गर्ने अनुमान पनि गरेकाे छ । उक्त बचत रकम क्लबले गर्ने सामाजिक कार्यमा नै खर्च गर्ने पनि थापाले बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP