Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
आइतबार , बैसाख ६, २०८३
मुकुन्दको धोबीघाट मेलोडीको पोखरामा चर्चा – Sarangi News
पोखरा, वैशाख २७ गते । र्‍यान्डम रिडर्स सोसाइटीमा शनिवार मुकुन्दराज शर्माको निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’ को चर्चा गरिएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रघुनाथ वाग्लेले कृतिको चर्चा गर्दै धोबीघाट मेलोडी जीवन मेलोडी भएको धारणा राखे । उनले भने, “जीवन जसरी हिजो आजसँग मिल्दैन, आज भोलिसँग मिल्दैन तर प्रत्येक दिनले आआफ्नो छाप छोडेकै हुन्छन् । त्यसरी नै धोबीघाट मेलोडीका निबन्धहरू एउटा अर्कोसँग मिल्दैनन् तर सबै निबन्धहरूले सशक्त सन्देश बोलेका छन् ।”
समाजका चम्चेहरूलाई व्यङ्ग्यको तिखो वाण प्रहार गर्न निबन्ध सफल भएको भन्दै वाग्लेले चम्चागिरी गर्नेहरू ठुलाबडाका पैतालावरिपरि भेटिने यथार्थ शर्माले प्रस्तुत गरेका बताए । देशप्रेमको भावना विस्तार र सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य एकसाथ प्रस्तुत गर्न कृति सफल रहेको वाग्लेको भनाइ छ । निबन्धमा गरिएका केही नयाँ प्रयोगले निबन्धकार शर्मालाई विशिष्ट पहिचान दिएको भन्दै उनले आम नेपालीको चाहनालाई निबन्धमा उतारिएको बताए ।
निबन्धकार शर्माले आफूले जीवनमा देखे÷भोगेका कुरालाई निबन्धका रूपमा प्रस्तुत गरेको बताए । विचार प्रवाहका लागि निर्बन्ध ढङ्गले लेखिएका निबन्धहरू लेख्ने प्रयास गरेको उनको भनाइ थियो ।
हिउँचुलीमा हिउँ बग्यो…, वनमाराले वनै खायो… लगायत चर्चित गीतका गीतकारसमेत रहेका शर्माको यसअघि ‘शब्दशिविर’ नामक निबन्ध सङ्ग्रह प्रकाशित छ । गणित विषयका विभिन्न पाठ्यपुस्तकसमेत लेखेका उनी लिटिल एन्जल स्कुल, काठमाडौँका प्रिन्सिपल हुन् । ‘धोबीघाट मेलोडी’ कामना न्युज पब्लिकेसन्सले बजारमा ल्याएको हो ।
साहित्यकार सरुभक्तले मुकुन्दराज शर्माका निबन्धमा भएको काव्यिक गुणले आफू प्रभावित भएको बताए । उनले ¥यान्डमले पोखरामा बौद्धिक बहसको मञ्च सिर्जना गरेको बताउँदै यसले साहित्यिक तथा दार्शनिक क्षेत्रमा विशेष महŒव राख्ने बताए ।
निबन्धमै विद्यावारिधि गरेका डा. जीवलाल बस्यालले आफू शर्माका निबन्धसँग लामो समयदेखि परिचित रहेको बताउँदै उनका निबन्धमा पाइने छुट्टै स्वादले पाठक प्रभावित हुने गरेको अनुभव सुनाए ।
सोसाइटीका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले कृति विभिन्न फूलहरूको माला जस्तै सुन्दर बनेको भनाइ राखे । ससाना कुरामा पनि भावुक भएर निबन्ध लेख्नु शर्माको निबन्धगत वैशिष्ट्य भएको पौडेलले बताए ।
कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । हरेक महिनाको अन्तिम शनिवार कुनै विषय वा कृतिमाथि बहस गर्दै आएको सोसाइटीले जेठ महिनाको अन्तिम शनिवार रमेश भुसालको कृति ‘छालबाटो’ माथि रोशन शेरचनले परिचर्चा गर्ने पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP