Trend
श्रावण महिनाको सोमबारको विशेष तयारी; ईशानेश्वर महादेव मन्दिरमा।  ||   गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण  ||   कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग  ||   कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||   मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत।  ||   अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो।  ||   मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ नीति तथा कार्यक्रम ल्यायो।  ||   रास्वपाले ल्यायो स्थानिय तह बचाउन पोख्रेल।  ||  
बिहिबार , असार ३२, २०८३
मानसीक स्वास्थ्य, मनोसामाजिक सुस्वास्थ्य र अपाङ्गता सम्बन्धी कार्यक्रम सम्पन्न। – Sarangi News

लमजुङ(मध्यनेपाल): मनोसामाजिक सुस्वास्थ्य र अपाङ्गता सम्ब्न्धी कार्यक्रम मध्यनेपाल नगरपालिका भोर्लेटारमा सम्पन्न भएको छ। राष्ट्रीय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन(कोशिश) द्वारा संचालित कार्यक्रममा मध्यनेपाल नेपाल नगरपालिकाका नगर प्रवक्ता रामचन्द्र भान्डारीको अध्यक्षता भएको थियो।

मध्यनेपाल नगरपालिकाका सरोकारवालाहरु शिक्षा, स्वास्थ्य, मानसिक, मनोसामजिक, अपाङ्गता समावेशिता संगठनमा प्रमुख, जनप्रतिनिधिहरु लगयत अन्य ब्यक्तीहरुको उपस्थिती रहेको थियो। वडा नं गिता २ को वडा अध्यक्ष पदम बहादुर थापा, वडा नं ४ को वडा अध्यक्ष राम बहादुर श्रेष्ठ र वडा नं ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेल लगायात जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, नगरपालिका अफिस कर्मचारीहरु, शिक्षकहरु, लगायत विभिन्न बुद्दिजिवी वर्गहरुको उपस्थिती रहेको थियो।

कोशिश’ मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या तथा मनोसामाजिक अपाङ्गता अनुभव गरेका व्यक्तिहरूद्वारा वि.म. २०६५ मा स्थापित एक गैर सरकारी सस्था हो। “जसको सवाल उसको नेतृत्व” भन्ने नारालाई आत्मसाथ गर्दै शिक्षा रोजगारी र समावेशीकरण जस्ता क्षेत्रमा मनोसामाजिक अपाङ्गताको सवाललाई एकीकृत गर्न कोशिश प्रयत्नशील छ । यसले आफ्नो स्थापना कालदेखि नै मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपात्रताका क्षेत्रमा रहेको शून्यतालाई भङ्ग गर्दै स्वास्थ्यको मूल प्रवाहमा मानसिक स्वास्थ्य र अपाङ्गताको मूल प्रवाहमा मनोसामाजिक अपाङ्गतालाई ल्याउन निरन्तर पैरवी गर्दै आइरहेको छ।

कोशिशका परामर्श कर्ता गिता घलेले स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरुको बारेमा प्रष्ट्याउनु भएको थियो। उद्देश्यहरु:- मुख्य सरोकारवालाहरुलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको बारेमा अभिमुखिकरण गर्न, मानसिक स्वाथ्यको लागी बार्षिक योजना र बजेट बनाउन सहयोग गर्न, मानसिक स्वास्थ्य समस्यामा रहेका ब्यक्तीको पहीचान, मनोसामाजिक सहायता, सेवामा प्रेषण गर्न, स्थानिय सरकारका सरोकारवालाहरुलाई मानसिक स्वास्थ्य तथा अपाङ्गता समाबेशी निति(DRR,स्वास्थ्य, शिक्षा) मा मुलधारमा ल्याउने, त्यस्तै मानसिक नीति पारित गरिसकेको पालिकाहरुलाई कार्यन्वयनमा प्राविधिक सहयोग आदि को बारेमा बताउनु भएको थियो।

मध्यनेपाल नगरपालिका स्वास्थ्य शखा प्रमुख सुर्यप्रसाद पौडलले कोशिशको अन्तरक्रीया तथा कार्ययोजनमा पालिका भित्रका समस्या र योजनामा नगरपालिकाले खेलेको भुमिकाको बारेमा बोल्नु भएको थियो साथै कोशिशले गरेको यस कार्यलाई धब्यवाद दिदै नगरपालिकाको बजेट र योजनमा रहेर कोशिशसंङ्ग जोडिएर काम गर्ने र मध्यनेपाल नगरपालिकामा मानसिक स्वास्थ्य नीति बनाउने प्रतिवद्दता ब्यक्त गर्नु भएको थियो।

त्यस्तै गरेर सामाजिक बिकास समितिका अध्यक्ष वडा नं ४ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठले मानसिक स्वास्थ्य नीतिसगै अन्य स्वास्थ सम्बन्धीको नीति नियम पालिकाले निर्माण गर्न पर्ने रहेको बताउनु भएको थियो। पिडित र लक्षित वर्गलाई पहिचान गरि कार्यनिती बनाउन पर्ने सहित बिनियोजित बजेट सहि सदुपयोग हुने समेत बताउनु भएको थियो। महिला बालबालि तथा जेष्ठ नागरिक शाखाका प्रमुख ईन्दिरा पोख्रेलले पनि नगरपालिका स्वास्थ्य शाखा प्रमुख पौडेलको मनतव्यलाई सदर गर्दै मानसिक स्वास्थ्य नितिले हामिलाई काम गर्न सजिलो हुने बताउदै वास्तविक रोगिको पहिचान गरेर हामिले अगाडि बढ्न पर्ने बताउनु भएको थियो।

त्यस्तै शिक्षा शाखाका प्रमुख रुद्र नारायण सापकोटाले कोशिशले गर्दै आएको यस्ता कार्यक्रमलाई विशेष धन्यवाद दिदै समाजजमा स्कुलमा र अन्य समूह समुदायमा भएको गरेको समस्यालाई के कसरी निराकरण गर्न सकिन्छ त!भन्दै यसमा हुने समस्यालाइ समाधान विभिन्न तरिकाले गर्न सकिने भन्दै कोशिशलाई मनोपरामर्श दाता आबश्यक रहेको र मानसिक स्वास्थ्य सम्बन्धी उदाहरण सहित बताउनु भएको थियो। नगरपालिकाले शिक्षा स्वास्थलाई पहिलो प्राथमिकता दिन आबश्यक रहेको बताउनु भयो।

कार्यक्रमकमा अध्यक्ष भण्डारीले सर्वप्रथम कोशिशले गरेको यो कोशिसलाई धन्यवाद ज्ञापन गर्दै मानसिक स्वास्थ नीति बनाउन पहिलो प्रथमिकता रहेको र बजेट हरेक आर्थिक बर्षमा हुने बताए। नगरपालिकाले स्वास्थ्यको बारेमा प्राथमिकताका साथमा गरिरहेको बताए। विशेष गरेर ब्यक्ती, घर परिवार समाज समुदायमा खुलेर नआउने हुनाले वास्वकिक मानसिक अर्थात मनोरोग पहिचान गर्न नसक्दा पनि हामीले न्याय नगरेको जस्तो देखिएको बताउदै आगामी दिनहरुमा यस्ता कार्यक्रमहरु निरन्तर पाओस भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

कार्यक्रम होटल सनराइजको सभाहलमा भएको थियो भने कार्यक्रम कोशिशका सामुदायिक अभियानकर्ता रघु अधिकारीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP