Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
विद्योदय आवि वाखेतमा बाल क्लब गठन, अध्यक्षमा सुप्रिया पाइजा – Sarangi News

म्याग्दी । बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयमा विद्योदय बाल गठन भएको छ ।

विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गठन भएको ९ सदस्यि क्लबको अध्यक्षमा सुप्रिया पाइजा चयन भएकी छिन् । यस्तै उपाध्यक्षमा अपर्ण रोका, सचिवमा कृष्टी पाइजा, कोषाध्यक्षमा इच्छा रोका र सह–सचिवमा युरोज कसिान सर्वसम्मत चयन भएका छन् । समितीको सदस्यहरुमा मिनकुमारी सुनार, अप्सन पाइजा, मालनी पाइजा र सुजल पुन रहेका छन् ।

बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालयले विभिन्न रचनात्मक कार्य गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले जानकारी दिए । उनले बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने गतिविधि बढी प्रभावकारी हुने भएकाले हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता आवश्यक भएको बताए । बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना समावेश गरी मासिक भित्ते पत्रिका प्रकाशन, सरसरफाई लगायत कार्यक्रम सञ्चालन निर्णय गरेको क्लबका अध्यक्ष सुप्रिया पाइजाले बताइन् ।

आज बसेको क्लबको बैठकले क्लबको संरक्षकमा विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारी, शिक्षक इन्चार्जमा शिक्षक अमृता जिसी रोका र सल््लाहकारमा विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक सुजन पुनलाई चयन गरेको सचिव दृष्टी पाइजाले जानकारी दिईन् । नवनियुक्त पदाधिकारीलाई क्लबको विद्यालय इन्चार्ज शोभाकान्त लामिछानेले अबिर लगाइ शुभकामना व्यक्त गरे । क्लबका संरक्षक तथा प्रधानाध्यापक अधिकारीले विद्यालयमा विद्यार्थी र शिक्षकमा पठन संस्कृति बिकासका लागि रिडिङ्ग क्लब तथा स्काउटको समेत गठन गरि संस्कारयुक्त गुणस्तरीय शिक्षादिने विद्यालयको योजना रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP