Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
विद्योदय आवि वाखेतमा बाल क्लब गठन, अध्यक्षमा सुप्रिया पाइजा – Sarangi News

म्याग्दी । बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयमा विद्योदय बाल गठन भएको छ ।

विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गठन भएको ९ सदस्यि क्लबको अध्यक्षमा सुप्रिया पाइजा चयन भएकी छिन् । यस्तै उपाध्यक्षमा अपर्ण रोका, सचिवमा कृष्टी पाइजा, कोषाध्यक्षमा इच्छा रोका र सह–सचिवमा युरोज कसिान सर्वसम्मत चयन भएका छन् । समितीको सदस्यहरुमा मिनकुमारी सुनार, अप्सन पाइजा, मालनी पाइजा र सुजल पुन रहेका छन् ।

बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालयले विभिन्न रचनात्मक कार्य गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले जानकारी दिए । उनले बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने गतिविधि बढी प्रभावकारी हुने भएकाले हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता आवश्यक भएको बताए । बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना समावेश गरी मासिक भित्ते पत्रिका प्रकाशन, सरसरफाई लगायत कार्यक्रम सञ्चालन निर्णय गरेको क्लबका अध्यक्ष सुप्रिया पाइजाले बताइन् ।

आज बसेको क्लबको बैठकले क्लबको संरक्षकमा विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारी, शिक्षक इन्चार्जमा शिक्षक अमृता जिसी रोका र सल््लाहकारमा विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक सुजन पुनलाई चयन गरेको सचिव दृष्टी पाइजाले जानकारी दिईन् । नवनियुक्त पदाधिकारीलाई क्लबको विद्यालय इन्चार्ज शोभाकान्त लामिछानेले अबिर लगाइ शुभकामना व्यक्त गरे । क्लबका संरक्षक तथा प्रधानाध्यापक अधिकारीले विद्यालयमा विद्यार्थी र शिक्षकमा पठन संस्कृति बिकासका लागि रिडिङ्ग क्लब तथा स्काउटको समेत गठन गरि संस्कारयुक्त गुणस्तरीय शिक्षादिने विद्यालयको योजना रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP