Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
विद्योदय आवि वाखेतमा जुनियर रेडक्रस सर्कल गठन, अध्यक्षमा अनुप रोका – Sarangi News

म्याग्दी । बेनी नगरपालिका–१०, वाखेत स्थित श्री विद्योदय आधारभूत विद्यालयमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन भएको छ ।

प्रधानाध्यापक प्रकाश अधिकारीको अध्यक्षता बसेको वैठकले स्कूलमा अध्ययनरत बिद्यार्थीहरुबाट १ जना शिक्षक नायक र सह नायक रहने गरि १७ जनाको समिति गठन गरेको छ ।

बैठकले अनुप रोका अध्यक्षले सर्बसम्मत चुनेको हो । गठित समितिमा रेविका रोका सहसंयोजक र सदस्यहरुमा अङ्कित पुन, प्रिया पाइजा, विपिना पुन, आस्मान पाइजा, निम्रन रामजाली, लक बहादुर पाइजा चयन भएका छन् । साथै राधिका पुन, अप्सन किसान, नयन पाइजा, सोफिया पुन, धनकुमारी विक, आर्तिप्स पुर्जा र आयुस किसान चयन भएको विद्यालयका सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिइन् ।

विद्यालय स्तर देखीनै वालवालिकामा मानविय सेवामा समर्पित गराउन र विद्यार्थीहरुमा सहयोगको भावना बृद्घी गराई अतिरिक्त क्रियाकलापमा लगाउन सके राम्रो बिद्यार्थी उत्पादन हुने भएकोले समिति गठन गरिएको विद्यालयले जनाएको छ । समिति गठन लगत्तै बैठकले जिल्ला रेडक्रसमा दर्ता लगायत विधान वनाउने काम गर्ने तथा आवस्यक सहयोगका लागि शिक्षक नायकमा थकदेवी जुग्जाली र सहनायकमा कमला पौडेल रेग्मीलाई चयन गरेको छ ।

विश्व रेडक्रस दिवस सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सुत्रपात गर्ने जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ मा दिवस मनाइन्छ । यस वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ । नेपालमा वि.सं।२०२० भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो । हाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलहरू रहेका छन् । समुदायस्तरसम्म फैलिएका यी साङ्गठनिक निकायहरूमा नौ लाख ३० हजार बढी सदस्य तथा स्वयंसेवक आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP