विद्योदय आवि वाखेतमा जुनियर रेडक्रस सर्कल गठन, अध्यक्षमा अनुप रोका – Sarangi News

म्याग्दी । बेनी नगरपालिका–१०, वाखेत स्थित श्री विद्योदय आधारभूत विद्यालयमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन भएको छ ।

प्रधानाध्यापक प्रकाश अधिकारीको अध्यक्षता बसेको वैठकले स्कूलमा अध्ययनरत बिद्यार्थीहरुबाट १ जना शिक्षक नायक र सह नायक रहने गरि १७ जनाको समिति गठन गरेको छ ।

बैठकले अनुप रोका अध्यक्षले सर्बसम्मत चुनेको हो । गठित समितिमा रेविका रोका सहसंयोजक र सदस्यहरुमा अङ्कित पुन, प्रिया पाइजा, विपिना पुन, आस्मान पाइजा, निम्रन रामजाली, लक बहादुर पाइजा चयन भएका छन् । साथै राधिका पुन, अप्सन किसान, नयन पाइजा, सोफिया पुन, धनकुमारी विक, आर्तिप्स पुर्जा र आयुस किसान चयन भएको विद्यालयका सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिइन् ।

विद्यालय स्तर देखीनै वालवालिकामा मानविय सेवामा समर्पित गराउन र विद्यार्थीहरुमा सहयोगको भावना बृद्घी गराई अतिरिक्त क्रियाकलापमा लगाउन सके राम्रो बिद्यार्थी उत्पादन हुने भएकोले समिति गठन गरिएको विद्यालयले जनाएको छ । समिति गठन लगत्तै बैठकले जिल्ला रेडक्रसमा दर्ता लगायत विधान वनाउने काम गर्ने तथा आवस्यक सहयोगका लागि शिक्षक नायकमा थकदेवी जुग्जाली र सहनायकमा कमला पौडेल रेग्मीलाई चयन गरेको छ ।

विश्व रेडक्रस दिवस सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सुत्रपात गर्ने जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ मा दिवस मनाइन्छ । यस वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ । नेपालमा वि.सं।२०२० भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो । हाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलहरू रहेका छन् । समुदायस्तरसम्म फैलिएका यी साङ्गठनिक निकायहरूमा नौ लाख ३० हजार बढी सदस्य तथा स्वयंसेवक आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP