Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
पोखरामा सिआइसी एजुकेसन हबको शाखा – Sarangi News

पोखरा । शैक्षिक परापर्शदाताका रुपमा राष्ट्रिय स्तरमा काम गरिरहेको सिआइसी एजुकेसन हबले पोखरा शाखा सञ्चालन गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा र आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी शाखा स्थापना गरिएको हो ।

वैदेशिक अध्ययनमा जान चाहने बिद्यार्थीलाई लक्षित गरी क्यारियर काउन्सिलिङ, भिसा आवेदन, भाषा शिक्षण तथा भिसा आवेदनसम्बन्धी गरिने दस्तावेजीकरण सेवा दिइने सिआइसीका निर्देशक राजेश अधिकारीले जानकारी दिए ।

क्यानडा, अमेरिका, अष्ट्रेलिया, युके, न्युजल्यान्ड लगायतका देशमा उच्च शिक्षा अध्यायनका लागि जान चाहने विद्यार्थीलाई उत्कृष्ट परामर्शसँगै अरु सेवा दिन शाखा स्थापना गरिएको निर्देशक अधिकारीले बताए । अवश्यक पूर्व तयारी कक्षा, भाषा शिक्षणका लागि पूर्वाधारसहितका कक्षा सञ्चालन हुने जनाइएको छ ।

अध्ययनका लागि छात्रवृत्ति र आर्थिक सहयोग, अध्ययनपछि उत्तम रोजगारीको अवसर, स्थायी बसोबासको सम्भावना, व्यक्तित्व विकास र राम्रो जीवनस्तरका कारण वैदेशिक अध्ययन नेपाली विद्यार्थीको रोजाइमा छ । दक्ष परामर्शदाताबाट परामर्श, विदेश स्थित विश्वद्यालय तथा कलेजहसँग उत्कृष्ट शैक्षिक जस्ता कारणले सिआइसीले विद्यार्थीलाई भाषा कक्षा, परामर्श, प्रोसेसिङदेखि विदेश पुगेपछि आइपर्ने समस्यामा पनि उचित समन्वय गर्ने गरेकाले विद्यार्थीको रोजाइमा यो पर्ने गरेको अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP