राष्ट्रपती रनिङ शिल्ड बेशिसहर नगरपालिकाको हातमा। – Sarangi News

मध्यनेपाल(लमजुङ) मध्यनेपाल नगरपालिकामा आयोजित १६ औं जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा बेहिशीसहर नगरपालाले शिल्ड हात पार्न सफल भएको छ। औपचारिक अन्य कार्यक्रम ईशानेश्वर क्याम्पस मैदानमा भएता पनि हिमाली आवासिय माबिको खेल मैदान र दौड प्रतियोगिता भोर्लेटार बजारका रोडमा भएको थियो।

जिल्ला खेलकुद बिकास समिती लमजुङको आयोजनामा भएको कार्य्रक्रमको उदघाटन नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको थियो। समापन हिजो जेष्ठ ५ गते मध्यनेपाल नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष बिष्णु भक्त पौडेलको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सुमन श्रेष्ठले गर्नु भएको थियो।

खेल अवलोकन गर्न तथा बिद्यार्थीको हौसला प्रदान गर्नका निम्ति प्रमुख जिल्ला अधिकारी माधव पोख्रेल, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रमुख, अनुसन्धानका प्रमुख हरु लगायत अन्यको उपस्थिती रहेको समेत थियो।

लमजुङ जिल्ला भरिका आठवटै नगरपालिका भित्र अध्यनरत छात्र तथा छात्राहरुको सहभागिता रहेको प्रतिगितामा एक सय दुई सय चार सय आठ सय पन्ध्र सय मिटर छात्रा तथा छात्र दौड, हाई जम्प लन्ङ्ग जम्प जम्प रिले दौड, षटपुट, ज्याबलिङ्ग थ्रो, भलिवल लगायतका छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो।

प्रथम हुने बेशिसहर नगरपालिकाले १२ स्वर्ण पदक, ९ रजत पदक , ५ काश्य पदक गरि जम्मा २६ पदक र्सहित च्याम्पियन ट्रफि प्राप्त गरेका छन। त्यस्तै दोस्रो हुने सुन्दरबजार नगरपालिका ७ संवरण पदक, ८ रजत पदक ७ काश्य पदक गरि जम्मा २२ पदक सहुत दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। त्यस्तै तेस्रो हुने दोर्दी गाउपालिकाले ६ स्वर्ण, ३ रजत पदक र ४ काश्य पदक गरि जम्मा १३ पदक प्राप्त गरेका थिए भने अनुशासित खेलमा मर्स्याङदी गाउपलिकाले ट्रफी हात पार्न सफल भए।

त्यस्तै गरेर हिमाली आवासिय माबिको हिमाली तेक्वान्दो टिमले प्रतियोगितामा नभएको तेक्वान्दो खेल प्रदर्शन गरेकोत थियो। कला कुसलता एवम स्वास्थ्य फुर्ती जोश जाँगरलाई निरन्तरता राख्ने साथै बिद्यार्थीलाई आत्मा रक्षाको निम्ति उपयुक्त प्रदर्शित तेक्वान्दोलाई अतिथीहरुले बधाई तथा निरन्तरताको शुभकामन दिएका थिए।

अन्त्यमा सम्पुर्ण बिजेता टिम र खेलाडी छात्र छात्रहरुलाइ ट्रफी मेडल र प्रमाण पत्र बितरण गर्दै समापन कार्यक्रमका प्रमुख अतिथी पौडेल एवम ईप्रका भोर्लेटारका प्रमुख ईन्पेक्टर याम नारायण अर्याल लागायत अन्य बिशेष अतिथिहरुले सबैलाई बधाई तथा शुभाकामना ब्यक्त गर्दै बिगतका क्षेत्रीय स्तरसम्मको प्रतिष्पर्धालाई स्मरण गराउदै सबैलाई आगामी प्रदेश स्तरिय खेलमा जिल्लाको सहभागिता उच्च दर्जाको रहि जितको शुभकामना दिनु भएको थियो। साथै मर्स्याङ्दी गाउपालिकाले अर्को बर्ष राष्ट्र्पती रनीङ शिल्ड खेलाउने सहमतिमा जिल्ला खेलकुद बिकास समितिले झण्डा हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP