
लमजुङ(मध्यनेपाल): स्थानिय सरकारका प्रतिनिधि र सरोकारवालाहरुको प्रमुखलाई आपाङता अधिकार, मनोसामाजिक सहायता प्रणलीलाई पालिकको निती तथा योजनामा समावेश गर्ने बिषयमा अन्तरक्रीया कार्यक्रम मध्यनेपाल नगरपालिका भोर्लेटारमा सम्पन्न भएको छ। ” मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्माहत्या परियोजना” मुल नारा रहेको राष्ट्रीय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन(कोशिश) द्वारा संचालित कार्यक्रम मध्यनेपाल नेपाल नगरपालिका भोर्लेटारको सनराईज होटलमा भएको थियो।
मध्यनेपाल नगरपालिकाका सरोकारवालाहरुका प्रमुख लागायत शिक्षा, स्वास्थ्य, मानसिक, मनोसामजिक, अपाङ्गता समावेशिता संगठनमा प्रमुख, जनप्रतिनिधिहरु एवम अन्य ब्यक्तीहरुको उपस्थिती रहेको थियो। वडा नं ३ को वडा अध्यक्ष केशव न्यौपाने, वडा नं ५ को वडा अध्यक्ष ओमवीर गुरुङ, वडा नं ७ का अध्यक्ष हिरा बहादुर गुरुङ, मध्यनेपाल स्वास्थ्य शाखा प्रमुख सुर्य प्रसाद पौडेल, ईलाका प्रहरी कार्यलय भोर्लेटारका प्रमुख ईन्स्पेटर याम नारायण अर्याल, जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, नगरपालिका अफिस कर्मक्स्हारीहरु, शिक्षकहरु, लगायत विभिन्न बुद्दिजिवी वर्गहरुको उपस्थिती रहेको थियो।

कोशिशका परियोजना अधिकृत महेन्द्र आचार्यले स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरुको बारेमा प्रष्ट्याउनु भएको थियो।
उद्देश्यहरु:- मुख्य सरोकारवालाहरुलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको बारेमा अभिमुखिकरण गर्न, मानसिक स्वाथ्यको लागी बार्षिक योजना र बजेट बनाउन सहयोग गर्न, मानसिक स्वास्थ्य समस्यामा रहेका ब्यक्तीको पहीचान, मनोसामाजिक सहायता, सेवामा प्रेषण गर्न, स्थानिय सरकारका सरोकारवालाहरुलाई मानसिक स्वास्थ्य तथा अपाङ्गता समाबेशी निति(DRR,स्वास्थ्य, शिक्षा) मा मुलधारमा ल्याउने, त्यस्तै मानसिक नीति पारित गरिसकेको पालिकाहरुलाई कार्यन्वयनमा प्राविधिक सहयोग आदि को बारेमा बताउनु भएको थियो।
परामर्श दाता गिता घलेले सामाजिक साहायताको बिषयमा के कस्ता समास्याहरु छन त्यसलाई मध्यनजर गर्दै समस्याको समाधान गर्नु पर्ने बताउनु भएको थियो। सम्पुर्ण सरोकारवालाजरुलाई स्थानिय सरकारको जिम्मेवार ब्यक्तीहरुले विशेष गरेर ध्यान दिन समेत अनुरोध गर्नु भएको थियो। जसले गर्दा हामिले सामाजमा सद्भाव कायम गर्न सकियोस।
कोशिश’ मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या तथा मनोसामाजिक अपाङ्गता अनुभव गरेका व्यक्तिहरूद्वारा वि.म. २०६५ मा स्थापित एक गैर सरकारी सस्था हो। “जसको सवाल उसको नेतृत्व” भन्ने नारालाई आत्मसाथ गर्दै शिक्षा रोजगारी र समावेशीकरण जस्ता क्षेत्रमा मनोसामाजिक अपाङ्गताको सवाललाई एकीकृत गर्न कोशिश प्रयत्नशील छ । यसले आफ्नो स्थापना कालदेखि नै मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपात्रताका क्षेत्रमा रहेको शून्यतालाई भङ्ग गर्दै स्वास्थ्यको मूल प्रवाहमा मानसिक स्वास्थ्य र अपाङ्गताको मूल प्रवाहमा मनोसामाजिक अपाङ्गतालाई ल्याउन निरन्तर पैरवी गर्दै आइरहेको छ।
त्यस्तै गरेर वडा नं ५ का वडा अध्यक्ष ओमवीर गुरुङले ले मानसिक स्वास्थ्य नीतिसगै अन्य स्वास्थ सम्बन्धीको नीति नियम पालिकाले निर्माण गर्न पर्ने रहेको बताउनु भएको थियो। पिडित र लक्षित वर्गलाई पहिचान गरि कार्यनिती बनाउन पर्ने सहित बिनियोजित बजेट सहि सदुपयोग हुने समेत बताउनु भएको थियो। ईप्रका भोर्लेटारका प्रमुख ईन्स्पेक्टर याम नारायण अर्याल ज्युले यस्ता खाले समस्यामा काम गर्न कठिन भएका उदाहरण सहित कानुनी उपचारका बाटाहरुको बारेमा प्रष्ट्याउनु भएको थियो।
त्यस्तै गरेर मध्यनेपाल नगरपालिकामा कार्यरत डाक्टर सुनिल भित्रकोटीले चिन्ताजनक समस्याहरु र आघातजनक समस्याहरुको बारेमा बताउदै काउनसिलिङ गर्न अति जरुरी रहेको र खुलेर न आउने भएको कारणले गर्दा पहिचान गर्न नसक्दा पनि समस्या भएको बताउनु भएको थियो।
मध्यनेपाल नगरपालिका स्वास्थ्य शखा प्रमुख सुर्यप्रसाद पौडलले कोशिशको अन्तरक्रीया तथा कार्ययोजनमा पालिका भित्रका समस्या र योजनामा नगरपालिकाले खेलेको भुमिकाको बारेमा बोल्नु भएको थियो साथै कोशिशले गरेको यस कार्यलाई धन्यवाद दिदै नगरपालिकाको बजेट र योजनमा रहेर कोशिशसंङ्ग जोडिएर काम गर्ने र मध्यनेपाल नगरपालिकामा मानसिक स्वास्थ्य नीति बनाउने प्रतिवद्दता ब्यक्त गर्दै नगरपालिकाले २ लाख बजेट समेत बिनियोजन गरेको बताउनु भएको थियो।यस अघी बैशाख २८ गते आइतबारको दिनमा पनि गरिएको थियो।
यस्तो कार्यक्रम बैशाख २८ गते आइतबारको दिन सोही स्थानमा भएको थियो भने त्यतीबेला सरोकारवालाहरुको प्रमुख र स्थानिय सरकारका प्रतिनिधिहरुको उपस्थिती कम भएको हुनाले तुरुन्तै गरिएको परामर्शदाता घलेले बताउनु भएकोथियो ।