Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
कालिका माविमा अभिभावक भेला – Sarangi News

पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका थिए । उनले विद्यार्थीको पढाइ राम्रो बनाउन अभिभावकले पनि केही त्याग गर्नुपर्ने बताए । आफ्ना बालबालिकालाई पढ्नका लागि वातावरण निर्माण गर्दै निरन्तर विद्यालयको सम्पर्कमा रहन उनले अभिभावकलाई सुझाव दिए । विद्यालय, अभिभावक र विद्यार्थीबिचको त्रिपक्षीय सम्बन्ध सुमधुर हुन सके मात्र पठनपाठन राम्रो हुने बताउँदै प्रधानाध्यापक जोशीले असल अभिभावकत्वका लागि अपनाउनुपर्ने उपायहरूबारे अन्तर्क्रिया गराएका थिए । उनले विद्यालय नयाँ शैक्षिक सत्रमा बनाएका शैक्षिक योजनाहरूका विषयमा पनि अभिभावकलाई जानकारी दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले विद्यालयले नयाँ शैक्षिक सत्रमा बनाएका व्यवस्थापकीय योजनाहरूबारे जानकारी दिँदै विद्यालय राम्रो बनाउन अभिभावक सचेत हुनुपर्नेमा जोड दिए । अभिभावकको सुझावलाई विद्यालयले सदैव स्वागत र सम्मान गर्ने पुनको भनाइ थियो ।

सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको स्वागतमा भएको कार्यक्रममा अभिभावकहरूको जिज्ञासाका बारेमा आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिकी शिक्षक प्रतिनिधि शान्तादेवी घिमिरे, शिक्षक अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ति केसीलगायतले जबाफ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP