Trend
झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||   लघुकथा प्रतिष्ठानको हीरक शृङ्खला सम्पन्न, पुरस्कार स्थापनाका लागि अभियान सञ्चालन  ||   संरक्षणको पर्खाईमा ऐतिहासिक “ढुङ्गा”  ||   जटेश्वर अर्थात बुढा महादेव मन्दिरमा बाजागाजाका साथ सामुहिक पुजा आराधना।  ||   ईशानेश्वर महादेव मन्दिरमा पाँच हजार बढीले दर्शन गरे एक लाख सतसठ्ठी हजार दान संकलन।  ||   साउनको पहिलो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरु (फोटोफिचर)  ||  
बुधबार , साउन १५, २०८२
कालिका माविमा अभिभावक भेला – Sarangi News

पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका थिए । उनले विद्यार्थीको पढाइ राम्रो बनाउन अभिभावकले पनि केही त्याग गर्नुपर्ने बताए । आफ्ना बालबालिकालाई पढ्नका लागि वातावरण निर्माण गर्दै निरन्तर विद्यालयको सम्पर्कमा रहन उनले अभिभावकलाई सुझाव दिए । विद्यालय, अभिभावक र विद्यार्थीबिचको त्रिपक्षीय सम्बन्ध सुमधुर हुन सके मात्र पठनपाठन राम्रो हुने बताउँदै प्रधानाध्यापक जोशीले असल अभिभावकत्वका लागि अपनाउनुपर्ने उपायहरूबारे अन्तर्क्रिया गराएका थिए । उनले विद्यालय नयाँ शैक्षिक सत्रमा बनाएका शैक्षिक योजनाहरूका विषयमा पनि अभिभावकलाई जानकारी दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले विद्यालयले नयाँ शैक्षिक सत्रमा बनाएका व्यवस्थापकीय योजनाहरूबारे जानकारी दिँदै विद्यालय राम्रो बनाउन अभिभावक सचेत हुनुपर्नेमा जोड दिए । अभिभावकको सुझावलाई विद्यालयले सदैव स्वागत र सम्मान गर्ने पुनको भनाइ थियो ।

सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको स्वागतमा भएको कार्यक्रममा अभिभावकहरूको जिज्ञासाका बारेमा आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिकी शिक्षक प्रतिनिधि शान्तादेवी घिमिरे, शिक्षक अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ति केसीलगायतले जबाफ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन १०, २०८२ शुक्रबार 728 Views

संरक्षणको पर्खाईमा ऐतिहासिक “ढुङ्गा”

ताजा अपडेट
धेरै पढिएको

TOP