Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
नयाँ गीत लिएर आए आदर्श, मनमा तिम्रो फोटो छ… (भिडियो) – Sarangi News

पोखरा । गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘मनमा तिम्रो फोटो छ’ शनिबार सार्वजनिक गरिएको छ । पोखराको सभागृहचोकस्थित बेरी लाउञ्ज एण्ड बारमा आयोजित एक समारोहका बिच गायक तथा सङ्गीतकार रामभक्त जोजिजूले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रममा विशेष अतिथि रामचन्द्र त्रिपाठी, जितबहादुर थापा, झलक गुरुङ, नारायण सापकोटा रहेका थिए । उक्त कार्यक्रममा डा. निरञ्जन कोइराला ‘जमिन’ र नारायण सापकोटाले शुभकामना मन्तव्य दिएका थिए ।

गायक सन्दिप परियार र गायिका मनिषा सुनारको स्वर रहेको गीतमा मोडल रुसा न्यौपाने र युवा वैज्ञानिक डाक्टर निरन्जन कोइराला ‘जमिन’को मुख्य अभिनय देख्न सकिन्छ । साथै, भिडियोमा गीतकार आदर्श पोखरेल, सोम गुरुङ, जमुना पौडेल बराल, भुवन विश्वकर्मा र विपासा सेन्चुरीको समेत अभिनय समावेश गरिएको छ ।

भिडियोको निर्देशन तथा सम्पादन राम बास्तोलाले गरेका हुन् भने छायाङ्कन दिनेश केसी र अनिल कार्कीले गरेका हुन् । भिडियोको कथा भने सुदीप सुवेदीले लेखेका हुन् ।

भिडियो सार्वजनिक कार्यक्रमको सञ्चालन अनुराग अधिकारीले गरेका थिए । गीतको भिडियो रूपा म्युजिकको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP