Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
सोमबार , अषोज २७, २०८२
नयाँ गीत लिएर आए आदर्श, मनमा तिम्रो फोटो छ… (भिडियो) – Sarangi News

पोखरा । गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘मनमा तिम्रो फोटो छ’ शनिबार सार्वजनिक गरिएको छ । पोखराको सभागृहचोकस्थित बेरी लाउञ्ज एण्ड बारमा आयोजित एक समारोहका बिच गायक तथा सङ्गीतकार रामभक्त जोजिजूले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रममा विशेष अतिथि रामचन्द्र त्रिपाठी, जितबहादुर थापा, झलक गुरुङ, नारायण सापकोटा रहेका थिए । उक्त कार्यक्रममा डा. निरञ्जन कोइराला ‘जमिन’ र नारायण सापकोटाले शुभकामना मन्तव्य दिएका थिए ।

गायक सन्दिप परियार र गायिका मनिषा सुनारको स्वर रहेको गीतमा मोडल रुसा न्यौपाने र युवा वैज्ञानिक डाक्टर निरन्जन कोइराला ‘जमिन’को मुख्य अभिनय देख्न सकिन्छ । साथै, भिडियोमा गीतकार आदर्श पोखरेल, सोम गुरुङ, जमुना पौडेल बराल, भुवन विश्वकर्मा र विपासा सेन्चुरीको समेत अभिनय समावेश गरिएको छ ।

भिडियोको निर्देशन तथा सम्पादन राम बास्तोलाले गरेका हुन् भने छायाङ्कन दिनेश केसी र अनिल कार्कीले गरेका हुन् । भिडियोको कथा भने सुदीप सुवेदीले लेखेका हुन् ।

भिडियो सार्वजनिक कार्यक्रमको सञ्चालन अनुराग अधिकारीले गरेका थिए । गीतको भिडियो रूपा म्युजिकको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP