Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
विद्योदय आविमा : रोपाइँसँगै सिकाइको रंगीन उत्सव (फाेटाे फिचर) – Sarangi News

म्याग्दी, असार १३ गते । म्याग्दीको बेनी–१०, वाखेतमा रहेको श्री विद्योदय आधारभूत विद्यालयले राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा र जीवनोपयोगी सीप सिकाउने प्रेरणादायी पहल गरेको छ ।

विद्यालयले आफ्नो नियमित शुक्रबारे कार्यक्रमअन्तर्गत यो विशेष कार्यक्रमले विद्यार्थीहरूलाई कृषिको महत्त्व, श्रमको सम्मान र प्रकृतिसँगको सम्बन्ध बुझाउनुका साथै प्रयोगात्मक मूल्यांकनमार्फत उनीहरूको सीप, सृजनशीलता र जिम्मेवारी मापन गरेको छ।

विद्यालयले हरेक शुक्रबार विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा पर गएर व्यावहारिक सीप र सामाजिक उत्तरदायित्व सिकाउने रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसपटक, राष्ट्रिय धान दिवस असार १५ को अवसरमा विद्यालयले स्थानीय खेतमा रोपाइँ कार्यक्रम आयोजना र्गयो । स्थानिय कृषक राजेन्द्र पाइजाको खेतमा विद्यार्थीहरूले उत्साहपूर्वक हिलोमा धान रोपे, असारले गीतको लयमा आली लगाए । हिलो खेले र दहि चिउरा खाए । यी गतिविधिले उनीहरूमा टिमवर्क, धैर्य र प्रकृतिप्रेमको भावना जागृत गरेको विद्यालयले जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रले निधार्रण गरेको विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० आधारभूत तह (४–८) अनुुसार यो रोपाइँ कार्यक्रमलाई प्रयोगात्मक मूल्यांकनको आधार बनाइएको छ । शिक्षकहरूले विद्यार्थीहरूको रोपाइँ प्रक्रियामा सहभागिता, माटो तयारी, बिरुवा रोप्ने तरिका, हेरचाहको ज्ञान र सहकार्यको क्षमतालाई मूल्यांकन गरे। यो पद्धतिले परम्परागत परीक्षामुखी शिक्षालाई चुनौती दिँदै व्यावहारिक सीपमा आधारित मूल्यांकनको नवीन दृष्टिकोण प्रस्तुत गरेको छ ।

निमित्त प्रधानाध्यापक तथा सूूचना अधिकारी अमृता जिसी रोकाका अनुुसार, “ विद्यालयले विद्यार्थीहरूलाई किताबसँगै जीवनका व्यावहारिक पाठ सिकाउन जोड दिएको छ । असार १५ को रोपाइँले उनीहरूलाई कृषि, श्रम र प्रकृतिको महत्त्व बुझाएको छ । प्रयोगात्मक मूल्यांकनले उनीहरूको आत्मविश्वास र सीपलाई उजागर गरेको छ।”
अतिरिक्त कार्यक्रम संयोजक सुजन पुनले भन्नुुभयो, “रोपाइँ जस्ता गतिविधिले विद्यार्थीहरूलाई प्रकृतिसँग जोडेर जिम्मेवारी र सृजनशीलताको पाठ सिकाएको छ । हाम्रो शुक्रबारे कार्यक्रमले सिकाइलाई जीवन्त र रमाइलो बनाएको छ।”

यता कक्षा ८ का विद्यार्थी अप्सन किसानले उत्साहित हुँदै भन्नुुभयो, “असारे गीत गाँउदै आली लगाएँ निकै रमाइलो भयो ।” कक्षा ७ का विद्यार्थी कृष्टी पाइजा र विपिना पुनले रोपाइँ गर्दा, माटोमा खेल्दा रमाइलो हुने बताउनुु भयो ।पछिल्लो समय कृषिकर्म घट्दै जानु र असारे लोकभाकाका गीतहरू हराउँदै गएको बेला विद्यालयको यो प्रयासले सांस्कृतिक संरक्षण गर्न सघाउ पुुग्ने विद्यालयको विश्वास छ ।

विद्यालयले सामाजिक अध्ययन, स्थानिय विषय व्यवसायिक तथा पर्यटन शिक्षा, स्वास्थ्य शारिरिक तथा सिर्जनात्मक अभिव्यक्ती कला विषयमा भएका जीवनोपयोगी सिप, समाजको विकास र दर्शन, सामाजिक जीवन, इतिहास, सामाजिक पहिचान, नागरिक सचेतना, शिक्षा र विकाससम्बन्धी पाठहरूलाई व्यावहारिक रूपमा सिकाउँदै आएको सूूचना अधिकारी रोकाले जानकारी दिनुुभयो छ । शुुक्रबारको रोपाँई कार्यक्रममा कक्षा ४ देखि ८ कक्षा सम्मका करिब ६४ जना विद्यार्थी र शिक्षकहरु सहभागी भएका थिए ।

नेपालले वि.सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । ‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा पनि यसलाई बुझ्ने गरिएको छ । त्यसबाहेक हिलो खेल्ने र दहीचिउरा खाने दिनको रुपमा पनि यो दिनको सम्झना गरिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP