Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
लालसेम अक्षयकोषबाट ९ विद्यार्थीलाई छात्रवृत्ति, संरक्षक मोतीलाल रोकाद्वारा वितरण – Sarangi News

वाखेत, म्याग्दी । बेनी नगरपालिका–१० वाखेतको श्री विद्योदय आधारभूत विद्यालयमा अध्ययनरत ९ जना आर्थिक रूपमा कमजोर तथा अध्ययनमा अब्बल विद्यार्थीहरूलाई लालसेम अक्षयकोषबाट करिब १० हजार बराबारको छात्रवृति प्रदान गरिएको छ।
विद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच उक्त छात्रवृत्ति अक्षयकोषका संरक्षक मोतीलाल रोकाले वितरण गर्नुभएको हो । छात्रवृत्तिबाट ९ जना विद्यार्थीहरुलाई करिब नौ हजार ९ सय बराबरको शैक्षिक सामग्री, पोशाक सहायता उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।

विद्यालयका निमावि इन्चार्ज थकदेवी पुन र प्रावि इन्चार्ज खमिसरा पाइजा सम्मिलित छात्रवृत्ति छनोट समितिले पारदर्शी प्रक्रिया अपनाउँदै योग्य विद्यार्थीहरू छनोट गरेको हो । कक्षा आठका मिनकुमारी सुनार, राधिका पुन र सुुशान गर्वुजा, कक्षा सातका सुरज रोका र विनिता रोका, कक्षा ५ की सनिता किसान, पुुष्पम रोका समिर दर्जी र विहान पाइजाले जनही एक हजार एक सयका दरले सहायता पाएको कोषको फाेकल पर्शन शिक्षक थकदेवि पुनले जानकारी दिनुभयो ।

छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक रोकाले भन्नुुभयोे, “शिक्षा नै परिवर्तनको मूल आधार हो । हामीले अक्षयकोष स्थापना गरेका हौं, जसले ग्रामीण क्षेत्रका असहाय विद्यार्थीलाई पढ्न प्रेरणा दिन सकोस् भन्ने हाम्रो उद्देश्य हो।” स्वर्गीय वुुवा लाल र आमा सेम रोकाको सम्झनामा स्थापित उक्त लालसेम अक्षयकोष उहाँका छोराहरू किशोर रोका, रेमप्रसाद रोका र अपिन रोका संयुक्त योगदानमा तीन वर्ष पहिले एक लाख पचास हजार रुपैया स्थापना भएको थियो । बुवा र आमाको योगदान र शिक्षाप्रतिको सम्मानलाई कर्ममा रूपान्तरण गर्न अक्षयकोष स्थापना गरेको उहाँहरूको भनाई छ । कोषमार्फत प्रत्येक वर्ष विद्यालयका गरीब, पिछडिएको वर्गका तथा मेधावी विद्यार्थीहरूलाई छात्रवृति  प्रदान गरिँदै आएको छ।

विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले अक्षयकोषद्वारा प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै छात्रवृत्तिको पारदर्शी छनोट प्रक्रिया र त्यसले विद्यार्थीहरूमा पठन–पाठनप्रतिको रुचि बढाउने विश्वास व्यक्त गर्नुभयो।  विद्यालयका शिक्षक, अभिभावक, बाल क्लब प्रतिनिधिहरू र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन शिक्षक सुजन पुनले गर्नुभएकाे थियाे  । यसैविच विद्यालयले असार महिनाको नियमित अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण पनि गरिएको  सूचना अधिकारी अमृता जिसी राेकाले जानकारी दिनुभयाे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP