Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
मध्यनेपाल नगरपालिका तिलाहरमा ट्र्याक्टर दुर्घटना चालकको मृत्य। – Sarangi News

मध्यनेपाल(लमजुङ्ग) मध्यनेपाल नगरपालिका वडा न ४ तिलाहरचोकमा आज बिहान खेत जोत्ने ट्रयाक्टर दुर्घटना हुदा एक चालकको मृत्यु भएको छ ।

घटनाको जानाकारी प्राप्त हुन साथ ईप्रका भोर्लेटारको ईन्स्पेक्टर यम नारायण अर्यालको टोलिले दुर्घटनामा परि अचेत अवस्थामा रहेको चालकलाई तुरुन्तै दमौली अस्पताल पठाईएको थियो भने दमौली अस्पतालले मृत घोषणा गरेको थियो।

मृतक आयुष्मान गुरुङ १९ बर्षको बागलुङ्ग काठेखोला गाउपालिका वडा न ७ घर भई हाल रुपा गाउपालिका वडा न ३ मामा घरमा बस्दै आएको थियो। मृतक गुरुङ केहि बर्ष यता रुपा गाउपालिका र मध्यनेपाल नगरपालिकाका क्षेत्रहरुमा ट्र्याक्टर चलाएर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए। वडा न ४ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठका भनाई अनुसार करिब बिहान ८:३० बजे भएको दुर्घटनामा प्रत्यक्ष दर्शीका अनुसार अनियन्त्रित भएर सिधै तल खसेको बताउछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP