Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
मध्यनेपाल नगरपालिका तिलाहरमा ट्र्याक्टर दुर्घटना चालकको मृत्य। – Sarangi News

मध्यनेपाल(लमजुङ्ग) मध्यनेपाल नगरपालिका वडा न ४ तिलाहरचोकमा आज बिहान खेत जोत्ने ट्रयाक्टर दुर्घटना हुदा एक चालकको मृत्यु भएको छ ।

घटनाको जानाकारी प्राप्त हुन साथ ईप्रका भोर्लेटारको ईन्स्पेक्टर यम नारायण अर्यालको टोलिले दुर्घटनामा परि अचेत अवस्थामा रहेको चालकलाई तुरुन्तै दमौली अस्पताल पठाईएको थियो भने दमौली अस्पतालले मृत घोषणा गरेको थियो।

मृतक आयुष्मान गुरुङ १९ बर्षको बागलुङ्ग काठेखोला गाउपालिका वडा न ७ घर भई हाल रुपा गाउपालिका वडा न ३ मामा घरमा बस्दै आएको थियो। मृतक गुरुङ केहि बर्ष यता रुपा गाउपालिका र मध्यनेपाल नगरपालिकाका क्षेत्रहरुमा ट्र्याक्टर चलाएर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए। वडा न ४ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठका भनाई अनुसार करिब बिहान ८:३० बजे भएको दुर्घटनामा प्रत्यक्ष दर्शीका अनुसार अनियन्त्रित भएर सिधै तल खसेको बताउछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP