Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
कविता “प्रिय पुरुष” – Sarangi News

प्रिय पुरुष
‎तिम्रो पनि त मन छ ,
‎पीडाहरू पनि हुन्छ होला,
‎कहिलेकाहीँ
‎त सास नै रोकिने गरि मुटु पनि दुख्छ होला,
‎त्यो बेला के गर्छौं…?
‎फेरि तिमीलाई त अनुमति पनि छैन कि,
‎आमाको पछ्यौरीमा लुट्पुटिँदै,
‎काखमा शिर राखेर,
‎भक्कानो छोडेर रून
‎अनि,
‎बाको काँधमा अडेस लगाएर
‎लामो सास फेर्दै पीडाहरू पोख्न पनि त सक्दैनौँ,
‎साँच्चै त्यो बेला के गर्छौं,?!

‎प्रिय पुरुष,
‎तिमीसँग पैसा भएन भने त
‎परिवारको पनि हेला हुन्छौं,
‎त्यो बेला
‎काँधभरी जिम्मेवारी
‎अधुरा सपना
‎रित्तो गोजी
‎मनभरि पीडा
‎अनि हँसिलो अनुहार
‎साच्चै यो सब कसरी सहन सक्छौं,!

‎भन्न त दुनियाँले भन्छन् कि,
‎पुरुष कठोर हुन्छन्,
‎तर मलाई त लाग्छ
‎पुरुष कठोर मात्र नभएर
‎ मजबुत हुन्छन्
‎अनि मजबुर पनि…!

‎ ✍️ सर्मिला सुनार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP