Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
विद्योदय आविमा भविष्य निर्माणका लागि करियर काउन्सिलिङ : विद्यार्थीमा उत्साह – Sarangi News

बेनी, असार १७ । शैक्षिक परामर्श र भविष्यको सही मार्गनिर्देशनका लागि श्री विद्योदय आधारभूत विद्यालय, बेनी–१०, वाखेतमा एकदिने करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै भन्नुभयो, “विद्यार्थीलाई बाल्यकालदेखि नै भविष्यको पेसा चयनमा मार्गदर्शन आवश्यक हुन्छ। यस्ता कार्यक्रमहरूले बालमस्तिष्कमा चेतना, उत्साह र सम्भावनाको बीजारोपण गर्छन्।”
कार्यक्रममा प्रमुख प्रशिक्षक तथा निजामति प्रशासन तर्फ वडा सचिव तेजप्रसाद सुवेदीले सरकारी सेवाको अवसर, प्रक्रिया र सम्भावनाहरूका बारेमा जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दक्ष, इमानदार र सेवामुखी मनोवृत्तिका विद्यार्थीहरूका लागि प्रशासनिक क्षेत्र निकै उज्यालो भविष्य हो।”
शिक्षा, पत्रकारिता र साहित्य विषयमा मार्गदर्शन गर्दै प्रधानाध्यापक एवं साहित्यकार पत्रकारप्रकाश अधिकारीले भन्नुभयो, “पत्रकारिता केवल समाचार लेख्ने पेशा होइन, यो समाज रूपान्तरणको बलियो माध्यम हो। सत्यको पक्षमा कलम चलाउने साहसको अभ्यास विद्यार्थी उमेरबाटै हुनुपर्छ।”

त्यसैगरी, कृषिका अगुवा मोतीलाल रोकाले आधुनिक कृषि प्रणाली, बजारीकरण र युवा पुस्ताले रोज्न सक्ने कृषि व्यवसायबारे व्यवहारिक सुझाव प्रस्तुत गर्नुभयो। उहाँले उत्पादनलाई आयको स्रोतमा बदल्न कृषि प्रविधिको प्रयोग गर्नुपर्ने बताए।

स्वमसेवी अमेरिकन कृषिविज्ञ काइन्डनेस हाइडले स्मार्ट फार्मिङ, जैविक कृषि र वातावरणमैत्री प्रविधिको प्रयोगका सम्भावनाबारे प्रस्तुति दिनुभयो। उहाँले कृषिमा नवप्रवर्तनको खाँचो औंल्याउँदै भविष्यका किसान प्रविधिमा अब्बल हुनुपर्ने बताउनु भयो ।
नर्सिङ क्षेत्रमा जागरुकता फैलाउँदै पात्लेखेत स्वास्थ्य चैकीमा कार्यरत टकदेवी पुन भन्नुुभयो, “नर्सिङमा सेवाभाव र संवेदना जरुरी हुन्छ । महिलाहरूका लागि यो क्षेत्र सुरक्षित, सम्मानजनक र भविष्य सुनिश्चित गर्ने पेसा हो।”

सामुदायिक शिक्षाको प्रभावकारिता विषयमा शिक्षक अमृता जीसी रोकाले विद्यालयलाई सामाजिक रुपान्तरणको थलो बनाउनु पर्ने धारणा राख्नुभयो। उहाँले विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी, सक्रिय र सकारात्मक सोच भएको नागरिक बन्न प्रेरणा दिनुभयो। त्यसैगरी स्थानिय महिला समाजेवी  इनामती राेकाले महिला सशक्तिकरणबारे आफ्नाे विगतका कथा सुनाउनु भयाे ।

आधारभूत तह कक्षा ६ देखि ८ सम्मका ४० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूले पेसा छनोटका सम्भाव्य विकल्पहरूबारे प्रत्यक्ष रूपमा बुझ्न पाएका थिए। स्वमसेवी अमेरिकन कृषिविज्ञ काइन्डनेस हाइडले आयाेजना गरेकाे कार्यक्रमकाे संचालन शिक्षक अमृता जिसीले गर्नुभएकाे थियाे ।

विद्यालयले यस्ता कार्यक्रमले ग्रामीण भेगका विद्यार्थीमा आत्मविश्वास, निर्णय क्षमता र दीर्घकालीन लक्ष्य निर्माणमा सघाउ र्पुयाउने विश्वास व्यक्त गरेको छ। आगामी दिनहरूमा यस्ता व्यवहारिक र पेसामुखी कार्यक्रमलाई निरन्तरता दिने योजनासमेत विद्यालयले सार्वजनिक गरेको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP