Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
विद्योदय आविमा भविष्य निर्माणका लागि करियर काउन्सिलिङ : विद्यार्थीमा उत्साह – Sarangi News

बेनी, असार १७ । शैक्षिक परामर्श र भविष्यको सही मार्गनिर्देशनका लागि श्री विद्योदय आधारभूत विद्यालय, बेनी–१०, वाखेतमा एकदिने करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै भन्नुभयो, “विद्यार्थीलाई बाल्यकालदेखि नै भविष्यको पेसा चयनमा मार्गदर्शन आवश्यक हुन्छ। यस्ता कार्यक्रमहरूले बालमस्तिष्कमा चेतना, उत्साह र सम्भावनाको बीजारोपण गर्छन्।”
कार्यक्रममा प्रमुख प्रशिक्षक तथा निजामति प्रशासन तर्फ वडा सचिव तेजप्रसाद सुवेदीले सरकारी सेवाको अवसर, प्रक्रिया र सम्भावनाहरूका बारेमा जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दक्ष, इमानदार र सेवामुखी मनोवृत्तिका विद्यार्थीहरूका लागि प्रशासनिक क्षेत्र निकै उज्यालो भविष्य हो।”
शिक्षा, पत्रकारिता र साहित्य विषयमा मार्गदर्शन गर्दै प्रधानाध्यापक एवं साहित्यकार पत्रकारप्रकाश अधिकारीले भन्नुभयो, “पत्रकारिता केवल समाचार लेख्ने पेशा होइन, यो समाज रूपान्तरणको बलियो माध्यम हो। सत्यको पक्षमा कलम चलाउने साहसको अभ्यास विद्यार्थी उमेरबाटै हुनुपर्छ।”

त्यसैगरी, कृषिका अगुवा मोतीलाल रोकाले आधुनिक कृषि प्रणाली, बजारीकरण र युवा पुस्ताले रोज्न सक्ने कृषि व्यवसायबारे व्यवहारिक सुझाव प्रस्तुत गर्नुभयो। उहाँले उत्पादनलाई आयको स्रोतमा बदल्न कृषि प्रविधिको प्रयोग गर्नुपर्ने बताए।

स्वमसेवी अमेरिकन कृषिविज्ञ काइन्डनेस हाइडले स्मार्ट फार्मिङ, जैविक कृषि र वातावरणमैत्री प्रविधिको प्रयोगका सम्भावनाबारे प्रस्तुति दिनुभयो। उहाँले कृषिमा नवप्रवर्तनको खाँचो औंल्याउँदै भविष्यका किसान प्रविधिमा अब्बल हुनुपर्ने बताउनु भयो ।
नर्सिङ क्षेत्रमा जागरुकता फैलाउँदै पात्लेखेत स्वास्थ्य चैकीमा कार्यरत टकदेवी पुन भन्नुुभयो, “नर्सिङमा सेवाभाव र संवेदना जरुरी हुन्छ । महिलाहरूका लागि यो क्षेत्र सुरक्षित, सम्मानजनक र भविष्य सुनिश्चित गर्ने पेसा हो।”

सामुदायिक शिक्षाको प्रभावकारिता विषयमा शिक्षक अमृता जीसी रोकाले विद्यालयलाई सामाजिक रुपान्तरणको थलो बनाउनु पर्ने धारणा राख्नुभयो। उहाँले विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी, सक्रिय र सकारात्मक सोच भएको नागरिक बन्न प्रेरणा दिनुभयो। त्यसैगरी स्थानिय महिला समाजेवी  इनामती राेकाले महिला सशक्तिकरणबारे आफ्नाे विगतका कथा सुनाउनु भयाे ।

आधारभूत तह कक्षा ६ देखि ८ सम्मका ४० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूले पेसा छनोटका सम्भाव्य विकल्पहरूबारे प्रत्यक्ष रूपमा बुझ्न पाएका थिए। स्वमसेवी अमेरिकन कृषिविज्ञ काइन्डनेस हाइडले आयाेजना गरेकाे कार्यक्रमकाे संचालन शिक्षक अमृता जिसीले गर्नुभएकाे थियाे ।

विद्यालयले यस्ता कार्यक्रमले ग्रामीण भेगका विद्यार्थीमा आत्मविश्वास, निर्णय क्षमता र दीर्घकालीन लक्ष्य निर्माणमा सघाउ र्पुयाउने विश्वास व्यक्त गरेको छ। आगामी दिनहरूमा यस्ता व्यवहारिक र पेसामुखी कार्यक्रमलाई निरन्तरता दिने योजनासमेत विद्यालयले सार्वजनिक गरेको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP