Trend
श्रावण महिनाको सोमबारको विशेष तयारी; ईशानेश्वर महादेव मन्दिरमा।  ||   गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण  ||   कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग  ||   कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||   मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत।  ||   अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो।  ||   मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ नीति तथा कार्यक्रम ल्यायो।  ||   रास्वपाले ल्यायो स्थानिय तह बचाउन पोख्रेल।  ||  
बिहिबार , असार ३२, २०८३
पोखरा-३३ को कालिका माविका शतप्रतिशत उत्तीर्ण एसइईका विद्यार्थीलाई सम्मान – Sarangi News

पोखरा, असार २१ गते । पोखरा–३३, आँपुभन्ज्याङबाट २०८१ को एस. ई. ई. सम्मिलित विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् । शतप्रतिशत उत्तीर्ण हुन सफल विद्यार्थीलाई शुक्रवार आयोजित एक कार्यक्रममा विद्यालयले सम्मान गरेको छ । कालिकाबाट १४ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा  महानगरपालकिा, वडा नम्बर ३३ का वडा सदस्य प्रकाश कार्की, प्रधानाध्यापक रुपिन्द्र प्रभावी, अध्यक्ष पुनलगायतले सम्मान गरेका थिए । विद्यार्थीहरूलाई बधाई दिँदै वडा सदस्य कार्कीले कालिकाले हासिल गरेको उपलब्धी समग्र ३३ नम्बर वडाकै गौरवको विषय भएको बताए । उनले जति ठुलो सफलता हासिल गरे पनि अनुशासनमा रहेर आफ्नो कर्मलाई अगि बढाउन विद्यार्थीहरूलाई सुझाव दिए । विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र आफ्नो परिवारले गरेको मिहिनेतको सधैँ स्मरण गर्नुपर्नेमा जोड दिँदै कार्कीले एसइईको सफलताले नयाँ मार्गप्रशस्त गरेको बताए ।

विव्यसका अध्यक्ष गङ्गाबहादुर पुनले विद्यार्थीको हितका लागि विव्यस सधैँ लागिपरेको बताउँदै प्रयासले सार्थकता प्राप्त गरेकामा खुसी व्यक्त गरे । आगामी दिनमा पनि विद्यालय र विद्यार्थीको हितका लागि आफूहरू सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले सफलताका लागि मिहिनेत गर्ने विद्यार्थी र शिक्षकलाई धन्यवाद दिए ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयले विद्यार्थीको चौतर्फी प्रतिभा प्रस्फुटनका लागि गरेको प्रयत्नको फलस्वरूप उत्कृष्ट नतिजा हासिल गरेको बताए । उनले पाठ्यपुस्तकका अतिरिक्त विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नका लागि आफ्ना कार्ययोजना अगि बढाएको जानकारी दिए ।

विद्यार्थी प्रमिसा बानियाले विद्यालयले दिएको सकारात्मक ऊर्जाकै कारण सकारात्मक नतिजा प्राप्त भएको अनुभव सुनाइन् । अर्का विद्यार्थी सङ्गम श्रेष्ठले आफूले शिक्षकहरूबाट लिएको ज्ञानका अतिरिक्त विभिन्न प्रविधिका माध्यमबाट गरेको स्वाध्ययनले राम्रो अङ्क ल्याउन सहयोग गरेको बताए । सोही अवसरमा कक्षा १० मा अध्यापन गर्दै आएका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।

सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक अभिभावक सङ्घका सदस्य बेलबहादुर केसी, शिक्षक नारायणप्रसाद चापागाईँ, पूर्व सहायक प्रधानाध्यापक गोपीराज अधिकारीलगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP