जिताकोटमा फूटबल शुरु उद्घाटन खेलमा गन्ने एफ सि पराजित। – Sarangi News

जिताकोट (लमजुङ) मध्यनेपाल नगरपालिका वडा नं १ जिताकोटमा साउने सक्रान्तीको अवसारमा ४२ औं बिष्णु बहादुर एण्ड मन्जा बहादुर गुरुङ खुल्ला राष्ट्रीय सेवेन ए साईड फूटबल प्रतियोगिता शुरु भएको छ। भने उद्घाटन खेलमा गन्ने एफ सी माया नमार एफ सिसंग पेनाल्टीमा पराजित भयो।

मध्यनेपाल नगरपालिकाको नगर प्रवक्ता एवम वडा नं १० को वडा अध्यक्ष राम चन्द्र भन्डारीको प्रमुख आतिथ्यमा गोल्डेन फ्युचर युवा क्लब जिताकोटको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता क्लबको अध्यक्ष रामकृष्ण भुजेलले गर्नु भएको थियो।

क्लबको सल्लाहकार हेमलाल खवासले स्वागत मन्तव्य दिदै शुरु भएको औपचारिक कार्यक्रम प्रमुख अतिथि भण्डारीले ब्यानर पढेर र दिप प्रज्वलन उद्घाटन गरिएको थियो। त्यस्तै विभिन्न राजनैतिक दलका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए। त्यस्तै ईप्रका भोर्लेटारका प्रमुख ईन्स्पेक्टरले खेल सुहार्दपुर्ण वातावरणमा सम्पन्न होस भन्दै शान्ती सुरक्षाको प्रत्याभुती दिलाउने जिम्मेवारी मेरो पनि र स्वयम् तपाईहरुको पनि हो भन्दै फूटबल खेल भव्यताका साथ सफलताको शुभकामना दिनु भएको थियो।

प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५, दित्तिय पुरस्कार ८५ हजार ५ सय ८५ रुपैया तथा सय तोला बराबरको चाँदीको ट्रफी सहित मेडल र प्रमाण पत्रहरु रहेको छ। प्रथम पुरस्कारको प्रायोजन मध्यनेपाल नगरपालिकाको रहेकोछ दित्तिय मध्यनेपाल नगरपालिका वडा नं एक को रहेको खेलमा ३६ टिमको सहभागीता रहेको क्लबका अध्यक्ष भुजेलले साराङ्गी न्युजलाई बताउनु भएको थियो।

प्रमुख अतिथि भन्डारीले खेल भव्य र सभ्य सम्पन्नको शुभकामना सहित मसंगै जन्मेको क्लबको प्रमुख आतिथी हुन पाउँदा गर्व गर्दै गाउँ बस्ती पातलिदै गएको यस स्थानमा क्लबले यति भव्य कार्यक्रम सहित यहाँका ब्यक्ती र समाज बिहिनको यो खेल मैदानमा धेरै समस्या अर्थात सुधार्न पर्ने देखिएको बताउदै र पनि गोल्डेन फ्युचर क्लबले अध्यक्षले अति मेहनत र संघर्षका साथ गरेको देख्दा हर्षित भएको बताउदै उद्घाटन खेलमा रेफ्री द्वय सुमन घिमिरे र अमन दुरालाई हस्तान्तरण गर्दै खेल उद्घाटन गर्नुभएको थियो।

उद्घाटन खेलमा गत दुई बर्ष लगतार जित हासिल पार्न सफल पोखराका गन्ने एफ सि र माया नमार एफ सि बिच भएको थियो। खेल २०/२० मिनेटको थियो भने पहिलो हाफमा कुनै टिमले गोल गर्न सकेन तर दोस्रो हाफमा दुबै टिमको १/१ गोल भएर समय सकियो। त्यसपछि पेनाल्टीमा पनि

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २०, २०८२ शुक्रबार 161 Views

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

  मंग्सिर १७, २०८२ मंगलबार 63 Views

डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

  मंग्सिर १०, २०८२ मंगलबार 186 Views

कास्की आइडलमा टपटेन छनोट

  मंग्सिर ४, २०८२ बुधबार 83 Views

इनासमा ऋषि लामिछाने

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP